धर्म शास्त्रका अनुसार: कलियुगको अायू अब कति ? अन्त्य कहिले र कसरी - The Pride

Latest

BANNER 728X90

Sunday, June 11, 2017

धर्म शास्त्रका अनुसार: कलियुगको अायू अब कति ? अन्त्य कहिले र कसरी

हिन्दु धर्मको ग्रन्थ ‘वेद’का अनुसार, हामी अज्ञानता र अनैतिकताको युगमा बाँचिरहेका छौँ, जसलाई ‘कलियुग’ भनिन्छ। ई.पू. ३१०२ मा बुध, शुक्र, मङ्गल, वृहस्पति र शनि ग्रह मेष राशिको सिधा रेखामा परेपश्चात कलियुगको सुरुवात भएको विश्वास गरिन्छ।
समयचक्रको चार युग- सत्ययुग, त्रेतायुग, द्वापरयुग र कलियुग मध्ये कलियुगलाई सबैभन्दा अँध्यारो युग पनि मानिन्छ। यी चार युगले समयचक्रलाई जनाउँदछ र सो चक्र सत्ययुगबाट सुरु भएर कलियुगमा गएर अन्त्य हुन्छ ।
यी चार युग बित्दै जाँदा मानिसहरूको नैतिकता र सदगुणको भावनामा ह्रास हुँदै जाने र कलियुगको अन्त्यमा मानिसहरूमा ‘मानिस’को कुनै पनि गुण बाँकी नरहने वेदमा उल्लेख गरिएको छ। साथै संसारमा ज्ञानको सट्टा अज्ञानताले बास गर्ने पनि उल्लिखित छ ।
यी कुराहरू त सायद अधिकांशलाई थाहा भएकै कुरा हो, तर धेरैले नबुझेको अनि थाहा नपाएको एउटै कुरा भनेको ‘कलियुगको अन्त्य कहिले हुन्छ?’ अनि अन्त्य भए कसरी हुन्छ? हिन्दु धर्मका पवित्र ग्रन्थमा त पहिलेका युगहरूको अन्त्य भगवान विष्णुको अवतारको जन्मबाट भएको थियो भन्ने उल्लेख गरिएको छ ।
सोहि ग्रन्थमा के पनि उल्लेख गरिएको छ भन्दा कलियुगको अन्तमा भगवान विष्णुको २२औँ अवतारको जन्म हुनेछ र यो कालो युगमा भएका दुर्गुणहरूलाई नाश गर्नेछन्। त्यसपछि फेरि सुनौलो सत्ययुगको सुरुवात हुनेछ।
यस विषयसम्बन्धी के-कस्ता सिद्धान्तहरू हरु चलिआएका छन?
१. ब्रह्मापुराणमा कलियुग १० हजार वर्षसम्म हुने उल्लेख गरिएको छ। यो १० हजार वर्षपछि मात्रै संसारबाट मानवजातीको नाश भएर नयाँ युगको सुरुवात हुने उक्त पुराणमा उल्लेख गरिएको छ। जहाँ भगवान विष्णुको ‘कल्की’ अवतारले जन्म लिने वर्णन गरिएको छ।Kalki Avatar
२. हिन्दु धर्मका विश्लेषकहरू के पनि विश्वास गर्छन् भन्दा कलियुगको अन्त्यमा मानिसको आयु घट्दै गएर १२ वर्षभन्दा कमि हुनेछ। यसरी आयु घट्दै गएर सारा मानवजातीको नाश भई कलियुगको अन्त्य हुने उनीहरूले विश्वास गर्छन्।
३. कलियुगको अन्त्यको बारेमा महाभारतमा पनि लेखिएको छ। यहाँ भनिएको छ कि कलियुगको कुल वर्ष भनेको १२ हजार वर्ष हुनेछ र युगको अन्त्यमा विष्णुले कल्की अवतार लिनेछन् पनि भनिएको छ।

धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् ।
हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्याहरु जन्मने भनेर शास्त्रहरुमा उल्लेख गरिएको छ ।

द्वापर युगको अन्त्यपछि शुरु भएको युग नै कलि युग हो । कलि युगको अन्त्यसँगै सारा संसार ध्वंस भई नयाँ संसारको शृजना हुने विश्वास गरिन्छ ।

कलि युग ४ लाख ३२ हजार वर्षको हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

सत्य युग चार चरणमा रहेको थियो जसको आयू १७ लाख २८ हजार वर्षको रहेको शास्त्रमा उल्लेख गरिएको छ । त्यस्तै त्रेता युग २ चरणमा रहेको थियो । जसकोआयु १२ लाख ९६ हजार वर्ष रहेको बताइएको छ । तेस्रो युग द्वापर युगका २ चरण रहे जसमा ८ लाख ६४ हजार बर्ष रहेको धार्मिक विश्वास रहेको छ । तर, शास्त्रहरुमा यष्ुगहरुको सयम र वर्षबारे फरक फरक व्याख्या गरिएको छ ।

कलियुगको आरम्भ

१२ सय दिव्य वर्षको एक कलियुग मानिएको छ । कलियुग चौथो युग हो । शास्त्रहरुका अनुसार महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो । कृष्णको यो युद्धको ३५ वर्षपछि देहान्त भएको थियो, जसपछि कलियुगको आरम्भ भएको विश्वास लिइन्छ ।

कलि युगमा भगवान विष्णुको दशौं अवतारको रुपमा कल्किको प्रभाव रहेको विष्णु पुराणमा उल्लेख गरिएको छ ।

कल्कि अवतारको कथा यस प्रकार छ

कल्किको रुपमा विष्णु कलियुगको अन्तिममा उपस्थित हुनुहुन्छ भनेर धर्म ग्रन्थहरुमा भनिएको छ। कल्कि अवतार कलियुग र सत्ययुगको संधिकालमा हुनेछ।

यो अवतार ६४ औं कला युक्त हुनेछ। कल्कि पुराणको अनुसार, विष्णुको अवतार कल्किले देवदत्त नाम गरिएको घोडामा चढेर संसारबाट पापिहरुको विनाश गर्नुहुन्छ र धर्मको पुन स्थापना गर्नुहुन्छ। त्यसपछि कलियुगको अन्त्य हुन्छ र फेरी सत्य युगको प्रारम्भ हुन्छ ।

No comments:

Post a Comment