हुन त यो भन्ने सहि बेला नहुनपनि सक्छ । किनकि रेणु हारेको मतपरिणाम आउन अव धेरै समय कुर्नुपर्दैना । धेरै उत्सुक पनि हुनुपर्दैन ।किनकि नेतृत्वको निर्णय नमानेर नेतृत्वकै पुत्ला जलाएका हाम्रो ठुलो समूहले रेणुलाई भोट कुनैपनि हालतमा नहाल्ने निर्णय गरेका थियौं ।
हालौं पनि कसरी, हाम्रा कतिपय दाजुभाइ कांग्रेस भएकै कारण माओवादीबाट मारिनुपरेको थियो । के हाम्रो अस्तित्व छैन र ? हामीले प्रमाणित गर्नुथियो, कि अप्राकृतिक गठबन्ध नकहिलेपनि कसैलाई पनि फाप्दैन ।
मलाइ थाहा छ, म मात्र होइन धेरै कांग्रेसीहरुले रेणुले भोट हालेका छैनन् । बरु माओवादीले युद्धकालमा दुख दिंदा कतिपय एमालेजनले साथ दिएका थिए । ‘फ्लोर-क्रस’ नै मानौं हामी धेरै भरतपुरबासी कांग्रेसीहरुको मत रेणुलाई गएको छैन । रेनुले हार्ने पक्का छ । यसबाट सबैले ठुलो पाठ सिकुन् ।
एमालेका उम्मेदवारलाई अग्रिम बधाई ।
(विषय अनुकुलतालाई हेरेर आफ्नो नाम प्रस्तुत गर्न असमर्थ छु । भरतपुरको नतिजाको सार्है चर्चा भएपनि यति लेख्न मन लाग्यो ।)
No comments:
Post a Comment