सरकारबाट हटेका मन्त्री हुन् पर्यटनमन्त्री दिलनाथ गिरी । मन्त्रालय फेरिएका मन्त्री हुन् जीवनबहादुर शाही । शाही पहिला पर्यटनमन्त्री थिए, अहिले खानेपानी तथा सरसफाइमन्त्री छन् ।तीन प्रतिशत ब्याजमा विदेशी बैंकबाट कर्जा जुटाइदिन प्रधानमन्त्री प्रचण्डलाई ‘कन्भिन्स’ गर्ने व्यक्तिहरुमध्ये एक जना अजयकेशर सिंह हुन् । सस्तो ब्याजको कुरा प्रधानमन्त्री प्रचण्डको कानसम्म पु-याउने व्यक्ति पनि उनै हुन् । तर, छोटो समयमै अजयकेशर सिंहको तीन जनाको समूहमा विवाद उत्पन्न भयो । अजयकेशरलाई सोही समूहका मनिन्द्रलाल रञ्जितकार र प्रवीर शमशेर राणा पम्पीले हटाइदिए । मनिन्द्रलालले सस्तो ब्याज दिलाउने योजनाको काम गर्न पहिला अजयकेशरलाई भनेका थिए र उनीहरुले सो प्रस्ताव प्रदीप राणासमक्ष राखेका थिए तर उनले हावादारी कुरा भनेर नमानेपछि उनीहरुले पम्पी राणालाई आफ्नो समूहमा लिएका थिए । अहिले सो प्रस्ताव चर्चामा आएपछि प्रदीप राणाले मेलम्ची प्रोजेक्टमा नेपाली बैंक डुबाइदिने चाइनिज बैंकबाट रकम आउने र त्यसको सबै व्यवस्था दक्षिण कोरियाका व्यक्ति र ताइवानको एउटा संस्थाले संयोजन गर्ने भनी ५ प्रतिशत ब्याजमा सरकारी संस्थालाई मागेजति रकम दिलाइदिने प्रस्ताव बोकेर हिँडेका छन् । तर, उनले लिखित प्रस्ताव कतै पनि पेस गर्न भ्याएको थाहा हुनसकेको छैन ।
No comments:
Post a Comment