प्रधानमन्त्री ज्यु, हाम्रो देशमा राम्रो काम गर्ने कोहि छैनन् र ?? कती वटा विवाह गरेपछी सम्मान पाईन्छ भनिदिनुस !
काठमाण्डौ १६ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले भरतपुरमा च्यातिएको मतपत्रको घोर निन्दा गरेका छन् । उनले आफु हार्ने निश्चित भएको जानेर मतपत्र च्यात्ने माओबादीको अराजक प्रवृतिप्रति आक्रोश व्यक्त गर्दै भरतपुर घटनाको निन्दा गरेका हुन् ।
मंगलबार काठमाण्डौको भृकुटीमण्डपमा नवनिर्वाचित मेयर उपमेयरलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै अध्यक्ष ओलिले भरतपुरको घटना सरकारले सुनियोजित गरेको आरोप लगाए ।मंगलबार अध्यक्ष ओलिले कंग्रेस र माओबादिलाई अराजक पार्टी भनेर खुलेरै गालि पनि गरे । उनले कांग्रेस र माओबादीले देशको ढुकुटी रित्त्याउन चाहेको लोभि पापि मन भएकाहरुलाई नेकपा एमालले कुनै पनि हालतमा त्यसो गर्न नदिने चेताउनी समेत दिए ।
कार्यक्रममा अध्यक्ष ओलिले जेठ ३१ बाट अषाढ ९ गते सारिएको दोश्रो चरणको निर्वाचनप्रति आपत्ति जनाए । अषाढ ९ गतेको चुनाव गरिनु भनको मुस्लिम समुदायलाई चुनावबाट बहिष्कार गर्ने सरकारको षडयन्त्र भएको बताए । कुनै पनि हालतमा नेकपा एमालेलाई अषाढ ९ गतेको निर्वाचन स्वीकार्य नहुने ओलिले स्पष्ट पारे ।
No comments:
Post a Comment