भरतपुर महानगरपालिका: देवी र रेणुको मतअन्तर ७८४ - The Pride

Latest

BANNER 728X90

Sunday, May 28, 2017

भरतपुर महानगरपालिका: देवी र रेणुको मतअन्तर ७८४

जेष्ठ १४, २०७४- भरतपुर महानगरपालिकाको मतगणना अन्तिमतिरै पुग्दा झन् रोचक बन्न थालेको छ ।

२१ नम्बर वडाको मतगणना सकिँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली ७८४ मतको अग्रतामा खुम्चिएका छन् । अब दुइटा वडा बाँकी छन् । १९ र २० वडा बाँकी रहँदा ज्ञवालीले ४०९८० र रेणु दाहालले ४०१९६ मत पाएकी छन् ।

३८ सय मतअन्तरमा रहेका ज्ञवालीलाई थोरै मतमा समेट्न सक्नु रेणुको ठूलो उपलब्धी हो । बाँकी रहेका दुई वडा पनि परम्परागतरुपमा कांग्रेसको पकड क्षेत्र मानिएकाले अन्तिम परिणाम आफ्नो पक्षमा पार्न सक्ने रेणुको आंकलन छ ।

तर, रेणुले घटाएको मतको प्रवृत्ति यही गतिमा रहे त्यसको फाइदा ज्ञवालीलाई हुनेछ । एमालेले पनि १९ नम्बर वडामा विपक्षीको मतलाई रोक्ने आंकनल गरेको छ ।

वडा नम्बर १९ मा २८८७ र २० मा ३३१८ मत खसेको छ ।

No comments:

Post a Comment