भरतपुर प्रकरणबारे निर्वाचन आयोगले गर्यो यस्तो निर्णय, अब के होला ? - The Pride

Latest

BANNER 728X90

Wednesday, May 31, 2017

भरतपुर प्रकरणबारे निर्वाचन आयोगले गर्यो यस्तो निर्णय, अब के होला ?

काठमाडौं। २०७४ बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना गर्ने क्रममा मतपत्र च्यातिएको विषयमा आयोगको आज बसेको बैठकले मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका, चितवनलाई देहायबमोजिम गर्न निर्देशन दिएको छ । “मिति २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका, चितवनको निर्वाचनको मतगणनाको क्रममा मतपत्र च्यातिएको घटनाको सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवनको मिति २०७४।२।१५ को प्रतिवेदन तथा यस आयोगबाट खटिएको अनुगमन टोलीको मिति २०७४।२।१७ को प्रतिवेदन समेतको आधारमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएको तर के कति संख्यामा मतपत्र च्यातिएको भन्ने यकिन उल्लेख नभएको र गणना भएका तथा गणनाको क्रममा रहेका मतपत्रहरु जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै एकै पोको पारी शिलबन्दी गरी राखिएको भन्ने उल्लेख भई आएको देखिँदा उक्त शिलबन्दी पोको पर्याप्त सुरक्षा व्यवस्था सहित सम्भव भएसम्म भरतपुर महानगरपालिकामा प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एक एक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गरी प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका चितवनलाई लेखी पठाउने

No comments:

Post a Comment