जेठ ३१ का लागि तोकिएको चुनाव १० दिन सर्ने - The Pride

Latest

BANNER 728X90

Sunday, May 28, 2017

जेठ ३१ का लागि तोकिएको चुनाव १० दिन सर्ने

काठमाडौं : जेठ ३१ का लागि तोकिएको स्थानीय तहको निर्वाचन एकहप्तादेखि १० दिनसम्म पर सर्ने भएको छ।

आइतबार बालुवाटारमा बसेको शीर्ष दलका नेताको बैठकले चुनावको मिति सार्ने सहमति गरेको हो। बैठकमा नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी (राजपा)का नेता सहभागी हुनुहुन्थ्यो।

बैठकको निर्णयबारे जानकारी दिँदै अन्नपूर्णसँग राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भन्नुभयो, ‘प्रधानमन्त्रीले जसरी भए पनि चुनाव गराउने बताउनु भएपछि एक हप्तादेखि १० दिनसम्म चुनावको मिति सार्ने निष्कर्षमा पुगिएको छ।’

बैठकमा सभागी राजपाका नेताले चुनावको मिति सार्ने, दल दर्ता र चुनाव चिन्ह दिने वातावरण नबनेसम्म मधेसवादी दल आन्दोलत र वार्तालाई सँगसँगै लिएर जाने जानकारी दिनु भएको छ।

बैठकमा दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा केपी, राजपाका संयोजक महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायत सहभागी हुनुहुन्थ्यो।

No comments:

Post a Comment