एजेन्सी । मेवा एक स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो भन्ने कुरामा दुइमत छैन । विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।
आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ ।
१. मेवा मुटुरोगीका लागि उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।
२. मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ ।
३. मेवाले छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ ।
४. मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ ।
५. मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ ।
६. मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ ।
७. महिनावारी अनियमित हुने तथा महिनावारीका बेला धेरै पीडा हुने महिलाका लागि समेत मेवाको नियमित सेवन फाइदाजनक हुन्छ ।
८. कब्जियतले सताउने मानिसलाई पनि मेवा फाइदाजनक हुन्छ । यसमा प्रसस्त फाइबर हुने भएकाले अपच तथा कब्जियतको समस्या कम गर्छ भने पाचन प्रक्रियालाई नियमित गर्न सहयोग गर्दछ ।
तर असन्तुलित रुपमा मेवाको बढि सेवन गर्नुभने हानिकारक हुन्छ । यसले क्यारोटेनेमिया भन्ने रोग लाग्नसक्छ । जसका कारण हात खुट्टाको छाला बढि पहेँलो बन्दछ ।
Sunday, May 7, 2017
New
जानि राखौँ मेवा खानुको अनेकौँ फाईदाहरु
About Unknown
Templatesyard is a blogger resources site is a provider of high quality blogger template with premium looking layout and robust design. The main mission of templatesyard is to provide the best quality blogger templates.
Health
Labels:
Health
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment