मतगणना स्थगित गर्नुपर्ने कारणबारे मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणना स्थलको अवस्थाबारे गरेको वर्णनले भरतपुर नगरवासी मात्रै नभएर देशविदेशका धेरै नेपाली आश्चर्यमा परे।
कुल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा २७ वटा वडाको मतगणना सकिएकोे थियो। अन्तिममा पालो परेका वडा नं. १९ र २० मध्ये १९ नम्बर वडाको मतगणना आइतबार साँझ सुरु भएको थियो। कुल दुई हजार ८६० मत खसेको सो वडाको १८ सय मत गणना भइसकेको थियो। २४ सय मत गन्ने काम लगभग सकिँदै थियो।
'म बाथरुम जाँदै थिएँ। हल्ला सुनेर बाथरुम पनि नपुगेर फर्केर आउँदा अवस्था रणभूमिझंै भएको थियो', न्यौपानेले भने। घटना रातको ११ बजेर ४५ मिनेटमा भएको थियो। न्यौपानेले त्यतिबेला आफ्नो ज्यानसमेत जोगाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताए। मतपत्र कति च्यातियो, कसले च्यात्यो, कति पक्राउ परे, कोको पक्राउ परे भन्ने विषयमा उनले केही खुलाएनन्। 'रणभूमिको जस्तो अवस्था थियो। पूरै मतपत्र च्यातिएका थिए। कति च्यातिए, कसले च्यात्यो, हताहतको जस्तो अवस्थामा यकिन भन्न सक्ने अवस्था रहेन', न्यौपानेले भने।
अवस्था यस्तो भएपछि मतगणना कार्य स्थगित भएको घोषणा गरेर प्रतिवेदन निर्वाचन आयोगमा पठाएको जानकारी उनले दिए।
के भएको थियो मतगणना स्थलमा
मुख्य निर्वाचन अधिकृतले घटनाको पूरा विवरण नराखे पनि मतगणना स्थलमा रहेका मेयर पदमा एमालेका उम्मेदवार देवी ज्ञवालीले वडा नं. १९ को गणनामा सोचेजस्तो मत परिणाम नआएपछि माओवादीका गणना प्रतिनिधिले मतपत्र च्यातेको बताए। सो आरोपमा द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने गिरफ्तार भएको पनि उनले बताए।
गिरफ्तार हुने व्यक्तिका बारेमा सोमबार बिहान चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक थापाले पनि पुष्टि गरे। माओवादी केन्द्रको गणना प्रतिनिधि भएर बसेका शिवाकोटी र न्यौपाने गिरफ्तार भएको उनले बताए। एमालेका गंगा लामालाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। तर उनलाई मतगणना स्थलबाट नभई बाहिर प्रहरीसँग विवाद गरेका कारण नियन्त्रणमा लिएर केही समयपछि छाडिएको थियो।
'म मतगणना स्थलमै थिएँ। वडा नं. १९ को गणना चलिरहेको थियो। ६ वटा समूहमा गणना हुन्छ। हिजो पनि त्यसरी नै गणना भएको थियो। एउटा समूहमा विवाद आएझंै लागेर हेरेको, एकजना व्यक्ति बुर्लुक्क बाँदरझंै उफ्रेर कर्मचारी मात्रै बस्ने गणनास्थलमा पुगेको देखें, म गइहालें,' एसपी थापाले भने। त्यो व्यक्तिलाई समाउनुअगाडि केही मतपत्र च्यातेको उनले बताए।
त्यस्तै अर्को समूहबाट फेरि अर्को व्यक्ति त्यसरी नै गएर गनेर मुठो बनाएर राखेको मतपत्र च्यातेको एसपी थापाले जानकारी दिए। यसो गर्ने दुवैलाई प्रहरीले समाएको र उनीहरू माओवादी केन्द्रका गणना प्रतिनिधि भएको उनको भनाइ छ।
एसपी थापा र एमालेले दिएको घटना विवरणमा खासै फरक छैन। तर माओवादी केन्द्रले घटनाको दोष एमालेलाई लगाएको छ। पार्टीका चितवन जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा एमालेका गणना प्रतिनिधिहरू कृष्णराज न्यौपाने लब्ली, गणेश लामा, अश्विन घिमिरे र प्रकाश ढुंगानाले मतपत्र कब्जा गरेर च्यात्न लागेको उल्लेख छ।
आफ्नो पार्टीका प्रतिनिधि द्रोणबाबु शिवाकोटी र मधु न्यौपानेले उनीहरूबाट मतपत्र रक्षा गर्ने क्रममा केही मतपत्र च्यातिएको भट्टराईको भनाइ छ। उनले शिवाकोटी र न्यौपानेलाई तत्काल रिहा गर्न प्रहरीसमक्ष माग गरेका छन्।
कांग्रेसका चितवन सभापति जितनारायण श्रेष्ठले भने, 'त्यो बेला म गणना भएकै ठाउँमा थिएँ। तर म पुग्दा मतपत्र च्यातिइसकेको थियो। कसले च्यात्यो देख्न पाइन। त्यहाँ माओवादी र एमाले दुवैका प्रतिनिधि थिए।' भरतपुर महानगरपालिकामा सत्तारूढ दल कांग्रेस र माओवादीबीच तालमेल छ। मेयरमा कांग्रेसले माओवादी उम्मेदवार रेणु दाहाललाई समर्थन गरेको छ। उपमेयरमा माओवादीले कांग्रेस उम्मेदवार पार्वती शाहलाई समर्थन गरेको छ। शाह भारी मत अन्तरका साथ निर्वाचित हुने लगभग निश्चित भएको छ। तर मेयरमा रेणु र एमालेका ज्ञवालीबीच ज्यादै कम मतान्तर छ।
किन च्यातियो मतपत्र
प्रतिस्पर्धामा रहेका सबै मुख्य दलले मतपत्र च्यातिनुको कारण भने एउटै दिएका छन्। आफ्नो पार्टीका उम्मेदवारले जित्ने अवस्था बढेपछि प्रतिस्पर्धीले मतपत्र च्यात्यो भन्ने आरोप सबैको छ। एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, '१९ नम्बर वडाको मत गन्दा हाम्रा उम्मेदवार देवीजीले जित्ने पक्का भएपछि माओवादीले मतपत्र च्यात्यो।'
'मेयर पदमा एमाले र हाम्रा उम्मेदवारबीचको मतान्तर लगभग ३९ सयबाट लगातार घटेर जिततर्फ अगाडि बढेको अवस्थामा यस्तो घटना भएको छ,' माओवादी केन्द्रका जिल्ला इन्चार्ज भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। कांग्रेसको विज्ञप्तिमा पनि कांग्रेसका उम्मेदवारको विजयी सुनिश्चित भइसकेको अवस्थामा घटना भएको उल्लेख छ।
के थियो मतको अवस्था
भरतपुर महानगरपालिकाको कुल २९ वटा वडामा एक लाख १२ हजार ७४१ मत खसेको थियो। अन्तिम १९ र २० नम्बर वडामा ६ हजार १६२ मत थियो। दुईवटा वडा गन्न बाँकी रहँदा मेयर पदमा देवी ज्ञवालीको मत ४० हजार ९८० आएको थियो। रेणुको मत ४० हजार १९६ पुगेको थियो।
वडा नं. १९ गन्नुअघि ज्ञवाली दाहालभन्दा ७८४ मतले अगाडि थिए। वडा नं. १९ र २० कांग्रेसको राम्रो संगठन भएको र धेरै मत आउने वडा हुन्। यी वडाको मत गणना हुँदा देवी र रेणुबीचको मतअन्तर धेरै घट्ने गठबन्धन पक्षधरको अनुमान थियो। जसले गर्दा रेणुले जित्ने सम्भावना थियो। तर अनुमानविपरीत देवीलाई राम्रो मत आउन सुरु भएको थियो।
वडा नं. १९ को एक हजार ८०३ मत गन्दा देवीको मत ४१ हजार ६४१ र रेणुको मत ४० हजार ९०८ पुग्यो। १८ सय मत गन्दा देवीले जम्मा ५१ मत मात्
No comments:
Post a Comment