एजेन्सी । हरेक मानिससँग सहन सक्ने क्षमता नाघेपछि उसले जे पनि गर्छ भन्ने कुराको पछिल्लो उदाहरण भारतमा देखिएको छ । भारतको भारतको केरलास्थित तिरुवनन्तपुरममा श्रीहरी नामले चिनिने गणेशानन्द तीर्थपदा पारिवारिक धर्मगुरुले पटक पटक बलात्कार गरेको भन्दै युवतीले उनको लिंग नै काटिदिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।अन्तराष्ट्रिय मिडियाका अनुसार १६ वर्षको उमेरदेखि यौन शोषणमा रहेकी एक भारतीय युवतीले पटक–पटक बलात्कार गरेर यौन शोषण गरेपछि ५४ वर्षीया बृद्ध धर्मगुरुको लिंग नै काटिदिएकी छिन् । आरोपित धर्मगुरुलाई अहिले अस्पताल भर्ना गरीएको छ ।युवतीले प्रहरीलाई दिएको बयानमा घरमा कोही नभएको अवस्थामा गुरुले फेरी बलात्कारको प्रयास गरेपछि युवतीले अत्याचार सहन नसकेर लिंग काटिदिएको बताएकी छिन् । यो घटना लगत्तै महिलावादीहरुले धर्मगुरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका छन् ।

No comments:
Post a Comment