बिहेको सबै काम सकिएपछि दुलाहाले दुलही मन परेन भन्दै लान मानेनन् - The Pride

Latest

BANNER 728X90

Thursday, May 25, 2017

बिहेको सबै काम सकिएपछि दुलाहाले दुलही मन परेन भन्दै लान मानेनन्

बारा, जेठ ११ – बारामा विवाहपछि केटी मन नपरेको भन्दै दुलही नलगेपछि दुलहासहित जन्तीलाई गाँउलेहरु घेराउ गरेका छन् । मुस्लिम परम्परा अनुसार गएराति विवाह भए पनि बिहान सबै सामु तीन पटक तलाक अर्थात (मुस्लिम परम्परा अनुसार सम्बन्ध बिच्छेद) गरेर दुलही आफूले नलिने भनेपछि, गाँउलेहरुले दुलहासहित जन्तीलाई मदर्साको कोठामा थुनेर राखेका हुन् ।दुलही आफूलाई मन नपरेकाले बिहे गरे पनि आफ्नो घर नलैजाने दुलहा रुस्तम आलमले बताउनुभयो । बाराको महागढीमाई नगरपालिका–१० गञ्ज भवानीपुरमा भारतको बिहार राज्य बेतीया, नजिकै रहेको मझौलिया गाँउबाट आएको जन्तीलाई स्थानीय बासिन्दाले घेराउ गरेपछि भद्र भलादमीहरुले सार्वजनिक भेलाबाट केटा पक्षले लिएको दाइजोसहित बिबाहको सम्पूर्ण खर्च वापत २ लाख ७५ हजार रुपैयाँ दिने सहमति गरेको प्रहरी चौकी गञ्ज भवानीपुरले जनाएको छ ।
 केटाका अभिभावकले रकम नदिएसम्म केटीपक्षले दुलहा, उनका भाई र २ वटा भारतीय गाडी आफनो कब्जामा नै राख्ने जनाएको छ ।

No comments:

Post a Comment