– कटहरलाई पौष्टिक तत्वयुक्त तरकारी मानिन्छ । कटहरमा भिटामीन ए,सी, पोटाशियम, क्याल्सियम, राइबोफ्लेविन, आयरन, नियासिन र जिंक जस्ता प्रोटीनहरु पाइन्छन । यति मात्र होइन, यसमा फाइबर समेत पाइन्छ ।
– कटहरमा पाइने पोटाशियमले मुटुको हरेक किसिमका समस्याहरुबाट बच्न मद्दत पुग्छ । यसले रक्तचापलाई समेत सन्तुलनमा राख्ने काम गर्दछ ।
– कतिपयले कटहरलाई फल पनि मान्छन् । कटहरमा आइरन पाइने भएकाले एनीमियाबाट बचाउन मद्दत गर्छ । यसले शरीरमा रक्तसञ्चारलाई पनि बढाउँछ ।
– थाइराइड बिरामीहरुका लागि कटहर निकै लाभदायक मानिन्छ । यसमा पाइने सुक्ष्म खनिजले गर्दा थाइराइडबाट निवारण पाउन सकिन्छ ।
– हाडका लागि कटहरलाई त रामबाण नै मानिन्छ । कटहरमा पाइने म्याग्नेशियमले हाडलाई बलियो बनाउने काम गर्दछ ।
– कटहरले अल्सर र पाचनप्रक्रिया सम्बन्धी समस्याबाट सँधै टाढा राख्नुका साथै कब्जियतबाट समेत छुट्कारा दिलाउँछ ।
– कटहरले शरीरमा रोग प्रतिरोध क्षमता पनि बढाउँछ । नियमित रुपमा कटहर खाने गर्नाले शरीर भित्रका जिवाणुहरुलाई समेत नष्ट गर्दछ ।
– कटहरको सेवन गर्नुका फाइदा आँखा र छालामा स्पष्ट देख्न सकिन्छ । कटहरमा पाइने भिटामीन ‘ए’ ले आँखाको रोशनीलाई बढाउने र छालामा निखार ल्याउने गर्दछ ।
No comments:
Post a Comment