सपनामा देखिएको भैरवको मूर्ति विपनामा भेटियो जय भैरव (भिडियोसहित) - The Pride

Latest

BANNER 728X90

Tuesday, June 6, 2017

सपनामा देखिएको भैरवको मूर्ति विपनामा भेटियो जय भैरव (भिडियोसहित)

चाँगुनारायण: सपनालाई विपनामा परिणत गर्ने भाषण धेरै हुन्छ, तर सपनामा देखिएको विषय विपनामा परिणत नहुन पनि सक्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा सपनामा देखिएको तथ्य शनिवार विपनामा परिणत भएको छ ।
फैटोका गणेश मन्दिरका पुजारी शंकर श्रेष्ठ गत सोमबार मन्दिरमै सुतेका थिए ।

‘मंगलवार विहान पौने १ बजे सपना देखे । उठेर सपनामा देखिएको ठाउँमा पुगेर त्यहाँको माटो उठाए । फेरि मन्दिरमै गएर सुते । विहान उठदा ६.३० बजिसकेको रहेछ’, पुजारी शंकर श्रेष्ठले भन्नुभयो,‘मैले यस्तो सपना देखेको कुरा गाउँमा बताए। तर, कसैले पत्याएनन् । मैले सपनामा जस्तो दखेको थिए, त्यस्तै मूर्ति भेटियो।’ शंकरले शनिवार बिहान ओसीआरसीको आँगनमा पर्ने वारीमा आएर पूजा गर्न थाल्नुभयो ।
पूजा गरेर उहाँले मूर्तिको खोज्ने भन्दै खन्न थाल्नुभयो । वरिपरिका छिमेकीलाई पनि उहाँले त्यहाँ मूर्ति भेटिएला भन्ने लागेको थिएन। उहाँले शनिवार बिहानभरी खन्दा नभेटिएपछि खाना खाएर आएर पुन खन्न थाल्नुभयो । खन्दै जाँदा जहाँनेर पूजा गरिएको थियो, त्यहिनेर मूर्ति भेटिएको हो ।

मूर्ति भेटिएपछि वरिपरिका छिमेकीहरुको त्यहाँ भिड नै लाग्यो ।छिमेकी प्रकाशबहादुर खड्का अनुसार केही दिन शनिवार भैरवको मूर्ति भेटिएको ठाउँमा मध्यरातमा टपरी आकारमा वत्ती बलेको देखिएको थियो। ‘बत्ती बलेको ठाउँमा राति नै गएर हेर्दा केही पनि देखिएन,’उहाँले भन्नुभयो । त्यही ठाउँमा शनिवार भैरवको मूर्ति भेटिएको हो । मूर्ति भेटिएको जग्गा पहिले शंकरकै पिताको घर थियो ।

त्यो घरको भग्नावशेष अहिले पनि देखिन्छ । शंकरका पिता ८१ वर्षको हुनुहुन्छ । पिताले पनि आफूलाई केही नभनेको शंकरले बताउनुभयो । त्यो जग्गा उहाँका पिताले पाँच वर्ष अघि नै अरुलाई नै बेचिसक्नु भएको छ ।

छिमेकी शान्ति खड्काका अनुसार गणेशमन्दिरबाट हराएको मूर्ति नै त्यहाँ फेला परेको हो । ‘गणेशमन्दिरबाट पहिले नै भैरवको मूर्ति हरायो भन्ने सुनेका थियौ,सायद त्यही मूर्ति यहाँ फेला परेको हुन सक्छ,’ उहाँले भन्नुभयो । शंकरका अनुसार पिताले ढोकाको दाँयाबायाँ भैरवको मूर्ति राखेको सुनिएको थियो। ‘तर पछि त्यो मूर्ति कता पुग्यो, कसैले खोजी गरेनन्,’शंकरले भन्नुभयो । अन्नपूर्ण पोस्ट

No comments:

Post a Comment