फेसबुकमा आयो नयाँ कानुन, यस्तो काम भुलेर पनि नगर्नुहोस् - The Pride

Latest

BANNER 728X90

Sunday, June 25, 2017

फेसबुकमा आयो नयाँ कानुन, यस्तो काम भुलेर पनि नगर्नुहोस्

फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमतिबिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोस्तलाई रिभेन्स पोस्ट भनिन्छ । S फेसबुक यसप्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने तयारीमा रहेको छ ।
यो रोक फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा लागू हुने भएपनि ह्वाट्सएपमा भने तत्कालै हुने छैन । फेसबुक आफैले त्यस्ता पोस्टमाथि कारबाही गर्ने र आपत्तिजनक पोस्टमाथि रिपोर्ट टुलका माध्यमबाट आपत्ति जनाउन सकिनेछ ।
यसपछि कम्युनिटी अपरेशन टिमले उजुरीकर्तालाई तस्बिरमा देखाइएको छ या छैन भन्ने छानविन गर्नेछ । त्यसपछि फोटो त्यहाँबाट हटाएर जुन एकाउन्टबाट पोस्ट भएको छ, त्यसलाई ब्लक गरिदिनेछ ।
यसपछि बिना कुनै मानवीय मद्दत एक फोटो पहिचान गर्ने सफ्टवेयरले सुनिश्चित गर्ने छ कि तस्बिर दोस्रोपटक पोस्ट भयो या भएन भनेर । फेसबुक वैश्विक सुरक्षा प्रमुख एन्टिगन डेभिसले यो पहिलो कदम भएको र यसका लागि प्रविधिको विकासमा आफूहरू प्रयासरत रहेको बताएका छन् ।

No comments:

Post a Comment