रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरे - The Pride

Latest

BANNER 728X90

Friday, June 30, 2017

रोनाल्डोले आफ्ना जुम्ल्याहा सन्तानहरुको तस्विर सार्वजनिक गरे

बिहिबार छोराहरुको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले लेखेका छन्, ‘मेरो जीवनका दुई नयाँ मायालुहरुलाई बोक्न पाउँदा खुसी छु ।’
बुधबार कन्फेडेरेसन्स कपको सेमिफाइनलमा चिलीसँग पराजित भएसँगै रोनाल्डो छोराहरु भेट्नका लागि घर फर्किएका थिए ।
फुटबलका कारण उनले आफ्नो छोरा र छोरीलाई भेट्न पाएका थिएनन् । दुई जनाको नाम माटेयो र इभा राखिएको बेलायती सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
जुम्ल्याहा सन्तानको जन्मसँगै रोनाल्डो तीन सन्तानको पिता बनेका छन् । रोनाल्डोको यसअघि नै सात वर्षीय छोरा क्रिस्टियानो रोनाल्डो जुनियर रहेका छन् ।
रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेज पनि पाँच महिनाको गर्भवति रहेको बताइन्छ ।

No comments:

Post a Comment