– तपाईलाई आफुले कती कमाउँछु र कती खर्च गर्छु भन्नेबारे जानकारी हुनुपर्छ । आय सँग सुहाउँदो व्यय गर्ने योजना बनाउनुपर्छ ।
– दुःखका बेला धैर्यता नगुमाउनु र समझदारीका साथ अगाडी बढ्नु र सुखमा बेलामा लापरवाही गर्नु हुँदैन् ।
– आफू बसेको स्थानको वातावरण र परिस्थितिले बारे पनि ज्ञान हुनुपर्छ । यदी त्यहाँ खराव मानिस बस्छन् भने सावधान रहनुपर्छ ।
– मानिसले सच्चा मित्र र शत्रु चिन्यो भने हानीबाट बच्न सक्छ ।
– आफूलाई सुहाउने र क्षमता पुग्ने कार्य गर्दा सफलता हासिल हुन्छ ।
– आफ्नो गुरु अथवा स्वामीले के चाहन्छन् भन्ने बारे तपाईलाई थाहा हुनुपर्छ । जस्तो सुकै अप्ठ्यारोको सामना गर्नुपरे पनि उनि जे काम गराउन चाहन्छन् त्यही गर्नुपर्छ । यो नै सहि नीति हो ।
No comments:
Post a Comment