यति खतरनाक हुन्छ प्लाष्टिकको चामल । सजिलै नचिनिने भएका कारण केही कारणबस तपाईको पेटमा पुग्यो भने गम्भिर असर पर्न सक्छ । सक्दो सेयर/ लाईक गरेर जानकारी गराउनु होस - The Pride

Latest

BANNER 728X90

Friday, June 30, 2017

यति खतरनाक हुन्छ प्लाष्टिकको चामल । सजिलै नचिनिने भएका कारण केही कारणबस तपाईको पेटमा पुग्यो भने गम्भिर असर पर्न सक्छ । सक्दो सेयर/ लाईक गरेर जानकारी गराउनु होस

प्लाष्टिकको चामल पहिचान गर्ने पाँच सरल तरिका
आजकाल तपाईंले बजारमा नक्कली अर्थात् प्लाष्टिकको चामल आइरहेको बारे समाचारमा सुन्नुभएको होला जुन स्वास्थ्यका लागि निकै हानिकारक हुने गर्दछ । जब तपाईंले नक्कली चामल देख्नुहुन्छ तब हेरेर नै उक्त चामल नक्कली हो कि सक्कली भन्ने बारे छुट्याउन सक्नुहुन्न । खबर साँचो हो वा झुटो प्लाष्टिकको चामलबाट टाढा हुनु नै राम्रो हो किनभने यसले गम्भीर पाचन समस्या हुनसक्छ ।
प्लाष्टिकमा फ्याथालेट्स रसायन हुन्छ जसले तपाईंको हर्मोनमा असर पुर्याउने गर्दछ र प्रजनन प्रणालीलाई बाधित गर्नसक्छ । यसका साथै यसले तपाईंको पेटको विभिन्न समस्या पनि निम्त्याउने गर्दछ ।
यस्तो अवस्थामा प्लाष्टिकको चामलबारे थाहा पाउन अत्यावश्यक छ । यसका लागि केही सजिलो टिप्स दिइरहेका छौं जसले तपाईं यसको पहिचान गर्नसक्नुहुन्छ ।
१. थोरै चामल लिएर त्यसमा सलाईको काँटीले आगो लगाउनुहोस् । यदि त्यसबाट जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ ।
२. एउटा चम्चामा तेललाई तातो बनाउनुहोस् र त्यसमा चामल हाल्नुहोस् । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ ।
३. एक चम्चा चामललाई एक ग्लास पानीमा हाल्नुहोस् र मिक्स गर्नुहोस् । प्लाष्टिकको चामल पानीमा तैरिने थाल्छ ।
४. थोरै चामललाई पकाउनुहोस् । यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलका कारण हुनसक्छ ।
५. शंका लागेको चामललाई पकाउनुहोस् र त्यसलाई केही दिनका लागि छुट्टै ठाउँमा राख्नुहोस् । यदि यसबाट दुर्गन्ध आएन भने त्यो प्लाष्टिकको चामल भएको बुझ्नुहोस् ।

No comments:

Post a Comment