आजको राशिफल – मिति २०७४ साल जेठ २३ गते द्वादशी मंगलबार - The Pride

Latest

BANNER 728X90

Monday, June 5, 2017

आजको राशिफल – मिति २०७४ साल जेठ २३ गते द्वादशी मंगलबार

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट फुर्सद पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य आनन्दमय रहनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त हुने समय छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। स्वास्थ्य बिग्रनाले लक्ष्य प्राप्त गर्न केही विलम्ब हुन सक्छ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउलान्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मनको डरले तर्साए पनि व्यवहारमा लाभ हुनेछ। परिवारमा आमाको सहयोग लिँदा काम सम्पादन हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम बन्नेछन्। पहिलेको मिहिनेत आम्दानीवर्द्धक हुनेछ। हिम्मतले काम लिँदा मनग्गे फाइदा हुनेछ। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन प्राप्त हुने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अधैर्य व्यवहार दर्साउँदा समस्या आउनेछ भने बोलीको संयमताले दोहोरो लाभ मिल्न सक्छ। सानो प्रयत्नले दिगो फाइदा दिलाउनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा रोकिएका काम समेत सम्पादन हुने देखिन्छ। विशेष सभा-समारोहमा सहभागी बन्ने मौका छ। अध्ययनमा पनि राम्रो प्रगति हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
दोहोर्याएर प्रयत्न गर्नुपरे पनि काम बन्नाले समय फुर्सदिलो रहनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला। आफन्तमा प्रेम र मित्रताको बन्धन कसिने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही मात्रामा खर्च बढ्नेछ भने पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। प्रतिस्पर्धामा जुट्नुपरे पनि बुद्धिले काम लिँदा फाइदा हुनेछ। लगनशीलताले अवसर दिलाउनेछ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ। लामो यात्राको अवसर प्राप्त हुनेछ। विदेशबाट रकम हातलागी हुने सम्भावना छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
केही अवरोध देखिए पनि आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। मिहिनेतले दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आस मारेको कामले उत्साह जगाउनेछ भने एउटै कामबाट दोहोरो लाभ मिल्ने सम्भावना छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ। घरमा मंगलमय कार्य सम्पादन हुन सक्छ। बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। अरूका लागि खर्च बढ्न सक्छ। आस देखाउनेहरूले धोका दिन सक्छन्। काममाथि अरूको निगरानी हुन सक्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा कम मात्र फाइदा उठाउन सकिनेछ। फलितज्योतिषाचार्य: उपप्रा. लक्ष्मीप्रसाद बराल, साभार: नेपाली पात्रो

No comments:

Post a Comment