लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने ! - The Pride

Latest

BANNER 728X90

Thursday, June 1, 2017

लिंकनले आफ्नो बालक छोरा पढाउने गुरुलाई लेखेको यो चिठीले विश्वका अर्बौ मानिस स्तब्ध बने !

एजेन्सी– राजनीतिक क्षेत्रमा व्यस्त हुने राजनीतिज्ञहरु प्रायजसो घरव्यवहारमा समय दिन नसक्ने खालमा हुन्छन् । सँधैजसो राजनीतिक र सामाजिक क्रियाकलापमा व्यस्त हुँदा आफ्नो परिवार र बालबच्चाहरुको हेरचाह अन्य अभिभावकको थाप्लोमा परेका समस्याहरु प्रसस्त पाइन्छन् तर विश्व राजनीतिक रंगमञ्चका चर्चित केही राजनीतिक व्यक्तित्वहरुले भने आफ्नो परिवारका लागि निकै चिन्ता लिएको पाइन्छ ।

त्यस्तै,राजनीतिज्ञहरुमध्ये अमेरिका पूर्वराष्ट्रपति अब्रहाम लिंकन पर्दछन्, जसले आफ्नो छोरो पढ्ने विद्यालयका प्रधानाध्यापकलाई दिव्य उपदेशका शैलीमा एउटा महत्वपूर्ण चिठी लेखेका थिए, ‘मेरो छोरोले के सिकोस भन्ने शीर्षक’ मा उक्त चिठी विश्वका अभिभावकहरुका लागि सँधै प्रेरणाको श्रोत बनिरह्यो । प्रस्तुत छ, आफ्नो बालक छोरो पढ्ने विद्यालयका गुरु (प्रधानाध्यापक)लाई लिंकनले लेख्नुभएको चिठीको पूर्ण विवरण :

मेरो छोरोले के सिकोस ? श्रीमान प्रधानाध्यापक ज्यू, मेरो छोरोले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन्, स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् अनि मित्र पनि छन् ।

यो कुरा बुझाउन त समय लाग्ला नै । तैपनि उसलाई परिश्रम गरी कमाएको एक डलर सित्तैमा पाएको पाँच डलरभन्दा बढी मूल्यवान हुन्छ भन्ने कुरा बताइदिनुहोस् । उसले विजय र पराजय भनेको के हो, राम्ररी बुझोस् । त्यस्तै, इष्र्याले युक्त भएको हाँसोको भित्री मर्म बुझोस् । उसलाई आकाशमा उडिरहेका चराहरु, रमाइलो दिनमा भुन्भुनाइरहेका माहुरीहरु र पहाडी काखमा फुलेका फुलहरुको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।

मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस् । सुनेको कुरालाई राम्ररी छु्ट्याउन सक्ने होओस् । दुःख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहन सक्ने होओस् । उसलाई कहिले काँही आँखाबाट आँसु झार्नु लाजमर्दो कुरा होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । यदि उद्धेश्य उपयुक्त र सही छ भने जस्तोसुकै विरोध भएपनि जीउज्यानले लागिपरोस् ।

उभित्र सत्य र न्यायका लागि संघर्ष गर्न साहास र दृढशक्तिको विकास गरिदिनुहोस् । ऊसँग नम्र व्यवहार त गर्नुहोस् तर उसले टाउकामा टेक्ने गरी चाहिँ होइन । सम्झनुहोस्, आगाको लप्काबाटै फलाम खारिन्छ । ऊभित्र साहास र सँधै केही गरौं भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयंम निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान हुन सक्छ । धन्यवाद । –अब्राहम लिंकन –ह्वाइट हाउस, वासिंटन डिसी

No comments:

Post a Comment