लम्जुङ । लम्जुङको मध्य नेपाल नगरपालिका–९ बाङग्रेबेशी बस्ने सोमबहादुर रिमालका छोरा २ वर्षीय संस्कार रिमालको करेन्ट लागेर मृत्यु भएको छ । खाना पकाउने साइस कुकर सट भएर विद्युत् चुहावट हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा खेलिरहेको अवस्थामा बालकले अचानक साइस कुकर छुन पुगेका थिए । आफ्नै घरमा खाना पकाइरहेको राईस कुकर सट भएको बालकले थाहा पाउने कुरै भएन । करेन्ट लागेर बेहोस भएका उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
No comments:
Post a Comment