आरु खानुका फाइदा थाहा पाउँदा अचम्मित पर्नुहुनेछ तपाईं - The Pride

Latest

BANNER 728X90

Wednesday, June 7, 2017

आरु खानुका फाइदा थाहा पाउँदा अचम्मित पर्नुहुनेछ तपाईं

एजेन्सी, जेठ १९ –
आरु गर्मी मौसमको निकै फाइदाजनक फल मानिन्छ । हल्का गुलियो यसको विशेषता त हो नै यसका साथै यसमा पाइने एन्जाइम, भिटामिन र फाइबर स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसका बोक्रामा पनि धेरै मात्रामा भिटामिन र मिनरल्स पाइन्छ ।

यसले आँखालाई स्वस्थ राख्नुका साथै यसले आँखाको ज्योती पनि बढाउँछ । आरुमा बिटा क्यारोटिन पाइन्छ जसे शरिरमा भिटामिन ‘ए’ बन्नका लागि आवश्यकता छ । भिटामिन ‘ए’ रेटिनालाई स्वस्थ राख्नमा निकै स्वस्थ मानिन्छ ।

तौल नियन्त्रणमा राख्छः
यसले तौल नियन्त्रणमा पनि सहयोग गर्दछ । आरुमा ८० प्रतिशत पानी र फाइबरको मात्रा भरपूर पाइन्छ । यसमा क्यालोरीको मात्रा कम हुन्छ । आरुमा पाइने फाइबरको मात्रा पेट र कलेजोबाट टक्सिनलाई हटाउन सहयोग गर्दछ ।

एन्टी अक्सिडेन्टले भरपुरः
आरुमा आवश्यक एन्टीअक्सिडेन्ट हुन्छ जसले वुढ्यौलीको प्रक्रियालाई स्लो बनाउँछ । यसमा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले एन्टीअक्सिडेन्टको रुपमा काम गर्छ । यसले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ ।

मृगौलाको लागि लाभकारीः
यसमा पाइने पोटासियम मृगौलाका लागि निकै फाइदाजनक छ । यो तपाईंको पिसाब थैलीका लागि क्लिंजिङ एजेन्टको रुपमा काम गर्दछ जसले हामीलाई मृगौलाको रोगबाट टाढा राख्छ ।

हड्डी बलियो बनाउँछः
आरुमा पाइने क्याल्सियम र फस्फरोसले हड्डीलाई बलियो बनाउनुका साथै दाँतलाई पनि बलियो बनाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

No comments:

Post a Comment