२६ वर्षे लर्के केटासँग घुम्न आएको बेला सर्वस्वो सुम्पिएर बिहे गरेकी खैरेनी अहिले घर न घाटकी - The Pride

Latest

BANNER 728X90

Wednesday, June 28, 2017

२६ वर्षे लर्के केटासँग घुम्न आएको बेला सर्वस्वो सुम्पिएर बिहे गरेकी खैरेनी अहिले घर न घाटकी

एजेन्सी। २६ वर्षका युवकसँग प्रेममा परेर आफ्नो सर्वस्व बेचेर बिहे गरेकी एक महिला अहिले अलपत्र परेकी छिन् । अहिले न उनका पति रहे न पैसा नै बाँकी रह्यो ।

श्रीलंकामा ६ वर्षअघि घुम्न आएकी ब्रिटिश महिला डायने डी जोयसाको होटलमा काम गर्ने २६ वर्षीय युवक प्रियांजनसँग प्रेम भयो ।सात महिनाअघि उनी प्रियांजनसँग बिहे गर्नको लागि पुनः श्रीलंका आइन् । उनीहरुको बिहे पनि भयो । तर प्रियांजनले उनलाई घरबाट बाहिर निस्कनै दिँदैनथे । पछि डायनेले थाहा पाइन् प्रियांजनले उनीसँग पैसाको लागि मात्र बिहे गरेका थिए ।

स्कटल्याण्डकी डायनेले बिहेका लागि श्रीलंका आउनुअघि १ करोड ३० लाख नेपाली रुपैयाँ बराबरको सबै सम्पत्ति बेचेर आएकी थिइन् । त्यो सबै पैया उनले प्रियांजनलाई दिइन् ।

तर, अचानक प्रियांजनको हत्या भयो । उनका एक साथीको घरमा उनको शव भेटिएको थियो । उनको हत्या कसले ग¥यो भन्ने अहिलेसम्म खुलेको छैन ।

डायनेलाई प्रियांजनको त्यही साथीले हत्या गरेको आशंका छ जसले उनीहरुलाई विवाह गर्न दवाव दिएको थियो । तर त्यो साथी को हो भन्ने उनले चिन्दिनन् ।

अहिले उनीसँग न पति छन् र पैसा । उनी अहिले स्कटल्याण्ड फर्कन चाहन्छिन् । तर, पैसा नभएका कारण उनी अलपत्र परेकी छिन् ।

No comments:

Post a Comment