तीन महिना पहिले माथिल्लो तामाकोसी सम्पन्न गरे एक अर्ब पुरस्कार: ऊर्जामन्त्री शर्मा - The Pride

Latest

BANNER 728X90

Sunday, June 4, 2017

तीन महिना पहिले माथिल्लो तामाकोसी सम्पन्न गरे एक अर्ब पुरस्कार: ऊर्जामन्त्री शर्मा

काठमाडौं जेठ २१ । ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महिना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे रु एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुखलाई निरन्तर रुपमा सचेत गराउँदै आयोजना तोकिएको समयमा पूरा गर्न निर्देशन दिंदै आउनुभएका सन्दर्भमा सो धारणा सार्वजनिक भएको हो ।

यहाँ आज आयोजित एक कार्यक्रममा ऊर्जामन्त्री शर्माले मुलुकको जलविद्युत् क्षेत्रमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना एउटा महत्वपूर्ण परियोजना भएकाले सरकारले विशेष ध्यान दिएको स्पष्ट पारे ।

मन्त्री शर्माले भने, “मेरो एवम् सरकारको तर्फबाट गर्नुपर्ने सबै प्रकारको सहयोग उपलब्ध गराउँछु, सहजीकरण गर्छु ।

तर आयोजना तोकिएको समयभन्दा तीन महिना पहिले सम्पन्न हुनुपर्छ । आयोजनालाई रु एक अर्ब पुरस्कारको व्यवस्था गरिन्छ ।”

विसं २०७५ असारमा सो आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी भइरहेको बेला सो समयभन्दा तीन महिना पहिले सम्पन्न गरे आकर्षक पुरस्कारको व्यवस्था गरिने ऊर्जामन्त्री शर्माको भनाइ थियो ।

स्वदेशी लगानी र सीपमा अगाडि बढेको आयोजनाको कुल क्षमता ४५६ मेगावाट रहेको छ । आयोजनाको हाल करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

कुल आठ किलोमिटर लामो सुरुङमध्ये ८०० मिटर मात्रै बाँकी रहेको छ । बाँध तथा अन्य भौतिक संरचना निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

ऊर्जामन्त्री शर्माले ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्राधिकरणका कार्यकारी प्रमुख र आयोजना प्रमुखलाई आफूले निरन्तर रुपमा आयोजना तोकिएको समयभन्दा पहिले सम्पन्न गर्न आग्रह गरेको समेत जानकारी दिए ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि वर्षात्को समयमा भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ ।

आयोजनाको कुल लागत रु ३५ अर्ब २९ करोड भए पनि भूकम्प र नाकाबन्दी तथा अन्य कारणले गर्दा बढेर रु ४१ अर्ब ७८ करोड पुग्ने अनुमान गरिएको छ । रासस

No comments:

Post a Comment