राजा वीरेन्द्र बसेको सोफा कसरी राजेश हमालको घरमा पुग्यो ? {फोटो सहित} - See more - The Pride

Latest

BANNER 728X90

Sunday, June 4, 2017

राजा वीरेन्द्र बसेको सोफा कसरी राजेश हमालको घरमा पुग्यो ? {फोटो सहित} - See more

काठमाडौं, २१ जेठ । अभिनेता राजेश हमाल त्यति धेरै चर्चामा आउन चाहँदैनन् । पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय राजेशले केही महत्वपूर्ण घटना र विषय सेयर गरिरहेका हुन्छन् ।

यही बीचमा राजेशले शनिबार चारवटा तस्बिर आफ्नो फेसबुकमा राखेका छन् । जुन तस्बिरका विषयमा धेरैले चासो राखेका छन् । तस्बिरमा राजा वीरेन्द्र र रानी ऐश्वर्या छोरी श्रुति र छोरा दीपेन्द्रसहित सोफामा बसेका छन् । छेउमा एकजना व्यक्ति उभिरहेका छन् । उनी अभिनेता राजेशका बाबु चुडाबहादुर हमाल हुन् ।

सोही सोफामा आफू बसेको तस्बिर राजेशले फेसबुकमा राखेर लेखेका छन्, ‘स्वर्गीय राजा वीरेन्द्रको परिवार बसेको सोफा प्रयोग गरिरहेको छु ।’ यसले के देखाउँछ भने सो सोफा राजेशकै घरको हो, जहाँ राजा वीरेन्द्र आफ्नो परिवारसहित आएका थिए ।

हमाल परिवार र राजा वीरेन्द्रको परिवारबीच निकै सुमधुर सम्बन्ध थियो । राजेशकी आमाको दरबारमा रामैै्र आउजाउ थियो भने बाबु चुडाबहादुर हमाल पटक–पटक राजदूत बनेका थिए । सोही कारण वीरेन्द्रको वंशविनाश भएको दिन जेठ १९ गतेको भोलिपल्ट राजेशले राजपरिवारको सदस्यको तस्बिर सेयर गरेको देख्न सकिन्छ ।मिडिया एनपीबाट

No comments:

Post a Comment