ठेगान लाग्ने भए बिमानस्थलका आराजक कार्य – छड्के हान्दै गृहमन्त्री शर्मा यसरी पुगे रातारात विमानस्थल(भिडियो सहित) - The Pride

Latest

BANNER 728X90

Thursday, July 6, 2017

ठेगान लाग्ने भए बिमानस्थलका आराजक कार्य – छड्के हान्दै गृहमन्त्री शर्मा यसरी पुगे रातारात विमानस्थल(भिडियो सहित)

काठमाडौँ, २३ असार | पहिले उर्जामन्त्रि छदा अत्यन्तै लोकप्रिय बनेका जनार्दन शर्मा अहिले गृहमन्त्रि भएका छन | उर्जामन्त्रि हुदा लोडसेडिङ्ग हटाउन सफल बनाएर जनताबाट हौसिएका शर्मा गृहमन्त्री बने पछी त्यहि वावाहि पाउने आशामा छन | यसै क्रममा गृहमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के निरीक्षण गरेका छन्। बिहीबार साँझ अकस्मात विमानस्थल पुगेका शर्माले गृह प्रशासन मातहतका इकाईहरुको काम-कारबाही निरीक्षण गरेका हुन्।

अत्यधिक गुनासो आउने मध्यको एक विमानस्थलमा अध्यागमन विभागका इकाईहरुको काम-कारबाही तथा कर्मचारीको उपस्थिति निरीक्षण गर्दै मन्त्री शर्माले विमानस्थलको कन्ट्रोल रुम तथा सिसिटिभी कक्ष पनि अवलोकन गरे। उनले विमानस्थलको आगमन कक्ष तथा प्रस्थान कक्षमा कार्यरत अध्यागमन विभागका कर्मचारीको उपस्थिति र हाजिरी पुस्तिका निरीक्षण गरे।

विमानस्थलको एक्सरे मेसिन तथा सिसिटिभी कक्ष निरीक्षण गर्दै मन्त्री शर्माले त्यहाँ कार्यरत कर्मचारीलाई ‘यहाँ काम गरेको कति समय भयो ?’ भन्दै प्रश्न गरेका थिए। अचानक गृहमन्त्रीलाई देखे पछी त्यहाका कर्मचारीहरु झस्किएका थिए |

मन्त्रीको उक्त निरीक्षण क्रममा विभानस्थलका एयर कन्डिसन तथा केही सिसिटिभी बिग्रिएको पाइएको छ। विमानस्थलमा रहेका ३४१ सिसिटिभीमध्ये ३ सय ८ वटा मात्रै चालू अवस्थामा रहेको सिसिटिभी कक्षमा कार्यरत प्रहरी जवान विक्रम तामाङले मन्त्री शर्मालाई जानकारी गराए। उनको उक्त निरिक्षण पछी आवश्यक सुधारहरुलाई जोडदिने श्रोतले बताएको छ |

काठमाडौँ, २३ असार | पहिले उर्जामन्त्रि छदा अत्यन्तै लोकप्रिय बनेका जनार्दन शर्मा अहिले गृहमन्त्रि भएका छन | उर्जामन्त्रि हुदा लोडसेडिङ्ग हटाउन सफल बनाएर जनताबाट हौसिएका शर्मा गृहमन्त्री बने पछी त्यहि वावाहि पाउने आशामा छन | यसै क्रममा गृहमन्त्री जनार्दन शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के निरीक्षण गरेका छन्। बिहीबार साँझ अकस्मात विमानस्थल पुगेका शर्माले गृह प्रशासन मातहतका इकाईहरुको काम-कारबाही निरीक्षण गरेका हुन्। अत्यधिक गुनासो आउने मध्यको एक विमानस्थलमा अध्यागमन विभागका इकाईहरुको काम-कारबाही तथा कर्मचारीको उपस्थिति निरीक्षण गर्दै मन्त्री शर्माले विमानस्थलको कन्ट्रोल रुम तथा सिसिटिभी कक्ष पनि अवलोकन गरे। उनले विमानस्थलको आगमन कक्ष तथा प्रस्थान कक्षमा कार्यरत अध्यागमन विभागका कर्मचारीको उपस्थिति र हाजिरी पुस्तिका निरीक्षण गरे। विमानस्थलको एक्सरे मेसिन तथा सिसिटिभी कक्ष निरीक्षण गर्दै मन्त्री शर्माले त्यहाँ कार्यरत कर्मचारीलाई ‘यहाँ काम गरेको कति समय भयो ?’ भन्दै प्रश्न गरेका थिए। अचानक गृहमन्त्रीलाई देखे पछी त्यहाका कर्मचारीहरु झस्किएका थिए | मन्त्रीको उक्त निरीक्षण क्रममा विभानस्थलका एयर कन्डिसन तथा केही सिसिटिभी बिग्रिएको पाइएको छ। विमानस्थलमा रहेका ३४१ सिसिटिभीमध्ये ३ सय ८ वटा मात्रै चालू अवस्थामा रहेको सिसिटिभी कक्षमा कार्यरत प्रहरी जवान विक्रम तामाङले मन्त्री शर्मालाई जानकारी गराए। उनको उक्त निरिक्षण पछी आवश्यक सुधारहरुलाई जोडदिने श्रोतले बताएको छ |

No comments:

Post a Comment