शनिबार काठमाडौंमा रामेछाप-काठमाडाैं पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले २० वर्षअघि नै बनेको एउटा रिपोर्ट र मास्टर प्लानको खुलासा गरे, जसले ‘नेपालसम्म नै पानीजहाज ल्याउन सम्भव’ रहेको देखाएको छ ।
जापानी सहयोग नियोग (जाइका)मार्फत जलविद्युतको सम्भाब्यता अध्ययनसहित यस्तो मास्टर प्लान बनेको हो, जसले कोशी बेसिनका नदीहरुलाई समेटेर २५ हजार मेगावाटभन्दा माथि बिजुली निकाल्न सकिने र त्यसैका माध्यमबाट काभ्रेको दोलालघाटसम्म भारतबाट पानी जहाज नै ल्याउन सकिने उल्लेख छ ।
यो रिपोर्ट सन् १९८५ मै बनेको हो, जसलाई कार्यान्वयनमा लैजाने हो भने नेपालले ठूलो आर्थिक उपलब्ध हासिल गर्न सक्छ ।
तर, २० वर्षसम्म मास्टर प्लानअनुसार एउटा पनि काम भएका छैनन् । जसका कारण नेपाल अझै ऊर्जा संकट ब्यर्होर्दै त छ नै, बेला-बेलामा भारतबाट पारवाहनमा हुने अवरोध अर्थात नाकाबन्दी समेत सहन बाध्य छ ।
कुलमानले शनिबार खुलासा गरेको रिपोर्ट नेपालको राजनीतिक नेतृत्वका लागि नयाँ विषय भने हैन । कुलामनले प्राधिकरणको प्रवन्ध निर्देशक भएपछि अब यही मास्टर प्लानअनुसार आयोजनाहरु बनाउने प्रक्रिया अघि बढाउन राजनीतिक नेतृत्वलाई रिपोर्टको सारसहित प्रिजेन्टेशन गरिसकेका छन् ।
उनले भने-‘अब नदीको बेसिनमा आधारित भएर आयोजनाहरु बनाउनुपर्छ । यो रिपोर्टमा टेकेर आयोजनाहरु बनाउने हो भने नेपाललले मात्रै हैन, पुरै दक्षिण एसियाले यसबाट ठूलो फाइदा लिन सक्छ ।’
अहिले जलासययुक्त आयोजनालाई छाडेर नदीहरुमा साना आयोजना बनाउने अनुमति दिँदा भोलि ठूला आयोजना बनाउन समस्या हुने तर्क कुलमानको छ ।
‘९०० मेगावाटको दूधकोशी जलासययुक्त आयोजना बनाउछौंँ भन्दा डुबान क्षेत्रमै पर्ने गरी भारतीय कम्पनीलाई ४० मेगावाटको आयोजनाको लाइसेन्स दिइएको रहेछ’ कुलमानले भने ‘अब यसरी त हुँदैन ।’
उनले अघि भने, ‘ठूला जलासययुक्त आयोजनाहरु बने नेपालमै पानीजहाजसम्म ल्याउन सम्भव छ । हामीले धेरै मेगावाट विजुली निकालेर निर्यात पनि गर्न सक्छौं । त्यसैले अब त्यतैतर्फ अघि बढ्नुपर्छ ।’
कसरी सम्भव छ काभ्रेसम्म पानीजहाज ?
पानी जहज चल्नका लागि समुन्द्र नै चाहिन्छ भन्ने होइन । तर, अहिलेकै अवस्थामा नेपालका नदीमा पानीजहाज आउने पनि सम्भव छैन ।
किनकी पानीजहाज ५ मिटरभन्दा कम गहिराईमा चल्न सक्दैन । हाम्रा देशका नदीहरु सबै स्थानमा ५ मिटर गहिरो छैनन् ।
तर, जाइकाले २० वर्ष अघि तयार पारेको रिपोर्टमा पानीजहाज पनि चलाउन सक्ने गरी अब सप्तकोशी -चतरा)देखि सुनकोशी-३ (दोलालघाट) सम्म विभिन्न जलासययुक्त आयोजना बनाउन सकिन्छ । यो बीचमा ४ वटा ठूला जलासययुक्त आयोजना बनाउने हो भने अहिले भारतको इलाहबादसम्म आउने गरेको पानी जहाजलाई काभ्रेको दोलालघाटसम्म ल्याउन सकिन्छ ।
यसका लागि सप्तकोशीमा बाँध बाँधेर सुनकोशी-१, सुनकोशी-२ र सुनकोशी-३ गरी थप ३ वटा बाँधसहितका जलाशय बनाउनुपर्छ । यसैका सहायकमा रुपमा तमोर, दूधकोशी लगायतका जलायसयक्त आयोजना पनि बन्न सक्छन् ।
साथै पानी जहाजलाई एउटा जलासयबाट अर्को जनालयमा लैजान भने बाँधहरुमा पानी वा विजुलीकै माध्मबाट लिफ्ट गर्न सकिने रिपोर्टमा उल्लेख छ ।
No comments:
Post a Comment