भारतको रेडलाइट एरिया प्रसिद्ध जीबी रोडमा ती युवती साढे २ वर्ष अगाडि बेचिएकी थिइन् । नेपालबाट कामको सिलसिलामा भारत पुगेकी उनलाई देहव्यापारको दलदलमा धकेलियो । उनी त्यहाँ नारकीय जीवन बिताउँदै थिइन् यही बीचमा उनीकहाँ ग्राहकको रुपमा एक युवक आए । उनीहरु दुईबीच प्रेम सम्बनध सुरु भयो ।
ती दुईको भेट दुई वर्ष अगाडि भएको थियो । त्यसपछि उनीहरुले एक अर्कासँग बिहे गरेर नयाँ जीवन सुरु गर्न चाहे । तर, त्यहाँको नारकीय जीवनबाट ती युवतीलाई बाहिर लिकाल्नु सहज थिएन । उपायको खोजी गर्दै जाँदा दुई वर्ष लाग्यो । यही बीचमा ती युवकलाई उनका साथीले दिल्लीस्थित महिला आयोगको बारेमा बताए ।
ती युवकले आयोगमा सम्पर्क गरे र सहयोग मागे । आयोगकी अयक्ष स्वाती जयहिन्दको सहयोगमा जीबी रोडको ६८ नम्बरको कोठीमा देहव्यापार गर्न बाध्य बनाइएकी २७ वर्षकी ती युवतीको उद्धार गरियो । अहिले उनीहरु दुवैको परिवारको कुरा भइसकेको छ । दुवै परिवारले राजीखुशी उनीहरु दुईको बिहे गरिदिँदैछन् ।
No comments:
Post a Comment