३३ जना जनता भएको एउटा देश, जहाँका राष्ट्रपति खुलेआम सडकमा घुम्छन् - The Pride

Latest

BANNER 728X90

Wednesday, July 5, 2017

३३ जना जनता भएको एउटा देश, जहाँका राष्ट्रपति खुलेआम सडकमा घुम्छन्

हाम्रो देशमा राष्ट्रपतिको सवारी चल्दा चाहिने भन्दा बढी सुरक्षा दिएर सर्वसाधारणलाई सास्ती दिइन्छ । तर, यो दुनियामा यस्तो देश पनि रहेछ जहाँका राष्ट्रपतिलाई तपाई सडकमा खुलेआम एक्लै डुलिरहेको देख्न सक्नुहुन्छ ।

अझ अर्को रोचक त के भने यो देशमा जम्मा ३३ जना मात्र मान्छे बस्दछन् जुन संख्यामा कुकुर पनि सामेल छन् ।


अमेरिकाको नेवादामा रहेको यो स्वघोषित देशमा आफ्नो अलग कानून, परम्परा तथा अलग मुद्रासमेत रहेको छ ।

यो देशको नाम मोलोसिया हो । सन् १९७७ मा केभिन बघ र उनका एकजना साथीको दिमागमा एउटा अलग देश बनाउने आइडिया फुरेछ । सोही आइडिया अनुसार उनीहरुले मोलोसियाको स्थापना गरे । स्थापनाकालदेखि नै केभिन मालोसिया देशका राष्ट्रपति रहेका छन् ।

उनले आफूलाई तानाशाह घोषित गरेका छन् । उनकी श्रीमती देशकी प्रथम महिला हुन् ।

यो देशमा जम्मा ३३ जना नागरिक बस्दछन् । जसमध्ये ४ वटा त कुकुर नै छन् । धेरजसो नागरिक केभिनका नातेदार नै हुन् ।

यद्यपि, स्वघोषित यो देशलाई अहिलेसम्म कसैले पनि मान्यता दिएको चाहिँ छैन र दिने कुरा पनि भएन । तर यो सानो देशमा पनि स्टोर, पुस्तकालय, अन्त्यष्टि स्थल लगायतका सुविधाहरु रहेका छन् । कतिपय मानिसहरु यो सानो देशको भ्रमणमा आउँछन् । यो देशमा छिर्नका लागि पर्यटकहरुले आफ्नो पासपोर्टमा छाप लगाउनु पर्दछ ।

राष्ट्रपति केभिनले आफ्ना जुन साथीसँग मिलेर यो देशको स्थापना गरेका थिए ती साथीले केही समयपछि नै साथ छाडे । तर केभिनले चाहिँ आफ्नो शौखलाई जारी राखे । यो देश स्थापना भएको ४० वर्ष भैसकेको छ । यो देश घुम्नलाई २ घण्टाको समय लाग्दछ । राष्ट्रपति केभिन आफै सडकमा हिँड्दै पर्यटकहरुलाई देशका भवनहरु देखाउँदछन् ।

एजेन्सी

No comments:

Post a Comment