भैरहवा–असार १९ मा आफ्नै बाबु, ठूलो बाबु, दाजुबाट निर्घात कुटाई खाएकी किशोरीले आफन्तलाई कारवाही नगर्न अनुरोध गरेकी छिन । ‘मैले गरेको गल्तीको कारण मेरो आफन्तबाट मैले कुटाई खाए यसमा मेरो आफन्तको कुनै दोष छैन ।’ शुक्रबार समाचार संकलनको लागी गएका उनको गाउँ पुगेका संचारकर्मीसँग उनले गरेको अनुरोध हो यो ।निर्घात कुटाई खाएकी रुपन्देही सम्मरीमाई गाउँपालिका–६ डिहुलीकी १८ बर्षीय मीना यादवले आफुलाई कतै चोट नलागेको र घरमा पनि बाबु आमाले राम्ररी बस्न दिएको बताईन् । उनी अहिले भविष्यमा हुन सक्ने दबावबारे पहिले नै सचेत छिन । सबै कुरा मिलि सकेको हँुदा अब यो घटनालाई यहि रोक्न समेत उनले आग्रह गरिन् ।
किशोरीको भनाई
मीनाको भनाई अनुसार असार १९ गतेको दिन घरका सबै जना खेतमा गएको अवस्थामा छिमेकी गाँउका दिनेश लोध घर आएका थिए । मीनाले घरबाट जान भने पनि दिनेश जान मानेन्न । सोही क्रममा मीनाका बाबु आमा खेतबाट फर्किएपछि दुवै जनालाई एकसाथ देखे पछि कुटपिट गरेका थिए । उनले पहिले दिनेशसँग प्रेम सम्बन्ध भए पनि उनले जादु टुना गरेर प्रेममा पारेको दावी गरिन् ।
अहिले हामी २ वीच केही पनि बाँकी नरहेको कारण आपसी सहमतिमा ईलाका प्रहरी कार्यालय मर्चवारमा गई छुट्टिएका हाैं ।
कुटपिटको शिकार भएकी पीडित मीना यादव, उनका बाबु ईन्नर अहिर र केटा दिनेश लोधलाई ईलाका प्रहरी कार्यालय मर्चवारले हिरासतमा लिएको थियो । केटालाई २ दिनमै छाडेको र आफुलाई प्रहरीले ३ दिन सम्म थुनेको उनले बताईन् ।
किशोरको भनाई
केटा दिनेश लोध भने शुरुमा त आफुहरु प्रेममा रहेको नै स्विकार गरेन्न । उनले आफु बाटो हिडिरहेको अवश्थामा मीनाले घरमा बोलाएको दावी गरे । घर बाहिर नै बसेर गफ गरिरहेको अवश्थामा उनका परिवार आई आफहरुलाई निर्घात कुटपट गरेको दिनेशको भनाई छ ।
पेशाले शिक्षक रहेको दिनेश घटनाको दिन पछि सो पेशा पनि छोडेका छन् । उनले आफु उपचार गराउनु पर्ने र घरमै बसेको कारण शिक्षण पेशा छोडेको बताए ।
प्रहरीको भनाई
घटनाको जानकारी पाए लगतै मीना यादव र दिनेश लोधको स्थानीय प्रहरीले उद्दार गरेको थियो । ईलाका प्रहरी कार्यालय मर्चवारको प्रहरी नायब निरिक्षक नरिश्वर अर्यालले भने, ‘केटाले केटी भेट्न आएको र केटीको बाबुले दुवै जनालाई एकै साथ भेटाए पछि नियन्त्रणमा लिई कुटपिट गर्ने कार्यक्रम गरेको’ बताए ।
आफ्नो छोरी चेली बिगार्ने कसैले पनि फुलमाला नलगाई कुटपिट नै गर्ने उनको भनाई छ । उनले केटा र केटीलाई स्थानीय भद्र भलादमीको रोहवरमा जिम्मा लगाईएको बताए ।
यता सम्मरीमाई गाँउ पालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्लले आफ्नो क्षेत्रमा भएको अमानवीय घटनाप्रति खेद प्रकट गर्दै स्थानीय प्रशासनलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले उक्त घटनामा दोषी रहेकालाई कारवाही गराउन पहल गर्ने बताए ।
यसै गरि घटना सार्वजनिक भए पछि बिभिन्न अधिकारवादी संगठन पनि सक्रिय भएका छन । माईती नेपालकी प्रभा खनालले अहिले पनि बिभिन्न स्थानमा यस्ता निकृष्ठ घटनाले निरन्तरता पाएको कारण प्रहरीले कडा कार्यवाही गर्नु पर्ने बताईन । उनले यस घटनालाई हेर्दा अबका दिनमा कुनै महिला, चेली कुटिन नदिन कडा कदम चाल्न आवश्यक रहेको प्रतिक्रिया दिईन ।बिभिन्न मिडियामा समाचार प्रकाशन एवम प्रसारण भए पछि रुपन्देही प्रहरीले छानबिनका साथै कार्यवाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो समाचार बाहिरिए लगतै रुपन्देही प्रहरीले घटनाको छानबिन गर्दै कार्यवाही प्रक्रिया अगाडि बढाएको हो ।
घटनामा संग्लन युवतीका वुवाका इन्नर यादव सहित ६ जना विरुद्ध जिल्ला अदालत रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी रविन्द्र धानुकले जानकारी दिए ।
धानुकका अनुसार सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय युवातीका वुवा इन्नर यादव, १८ वर्षीय युवतीको दाजु दिनेश यादव, ५५ वर्षीय युवतीको माइलो बुवा लालमोहन अहिर यादव, लालमोहनकी श्रीमती र स्थानीय गाउँले युवा २५ वर्षीय पशुपति कोइरी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको छ ।
यी मध्ये युवतीका वुवा यादवलाई प्रहरीले पक्राउ गरिसकेको कार्यवाही प्रक्रिया अगाडि बढाइसकेको छ ।
उनले घटनाका अनुसन्धान भइरहेको र घटनामा संग्लन अन्य व्यक्तिहरुको खोजी भइरहेको र दोषीलाई कारवाही हुने बताए ।
साथै उनले आफु मातहत रहेको ईलाकामा घटना र्भ पनि माथिल्लो निकायलाई जानकारी नगराएको कारण इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिंजापति उपर पनि विभागिय कारवाहीको प्रक्रिया अगाडि बढाइएको बताए ।
उनले इप्रका मर्चवारका इन्सपेक्टर सिंजापतिले घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा कुनै जानकारी नगराई काममा लापरवाही गरी आफ्नो जिम्मेवारी बोध नगरको कारण उनी माथि विभागिय कारवाही प्रक्रिया अगाडि बढाइएको बताए ।
विदामा गएका इप्रका मर्चवारका इन्सपेक्टर सिंजापतिलाई जिल्ला प्रहरी कार्यालयमा तानिएको छ । उनी अहिले जिप्रका हाजिर भएका छन् ।
यो पनि पढ्नु होस्
प्रेम प्रसंगमा कुटपिटकाण्डः गृह मन्त्रालयको निर्देशनमा रुपन्देही प्रहरीले लियो एक्सन
भैरहवा– अवैध प्रेम सम्बन्ध राखेको भन्दै अमानविय ढंगले परिवार र छिमेकीबाटै कुटिएकी रुपन्देहीको मर्चावारकी एक युवतीलाई न्याय ढिलाउन पहल सुरु भएको छ ।
मर्चवारको सम्मरीमाई गाउँपालिका वडानम्बर ६ डिहुलीकी यादव थरकी ती किशोरी बिवाहपछि गाउँका २० बर्षिय दिनेश लोधको प्रेममा परेको भन्दै आफन्त र छिमेकीबाट अमानविय ढंगले कुटिएको खबर रातोपाटीले सार्वजनिक गरेपछि उनलाई न्याय दिलाउन पहल सुरु भएको हो ।
खबर सार्वजनिक भएसँगै गृहमन्त्रालयले चासो देखाउँदै घटनाको आवश्यक छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रविन्द्र घानुकलाई निर्देशन दिएसँगै उनलाई न्याय दिलाउन पहल सुरु भएको हो ।
जिल्ला प्रहरी प्रमुख रविन्द्र धानुकले घटनामा संलग्न किशोरीका बाबु इन्द्र यादवसहित ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । उनले घटना अमानविय भएको भन्दै उनीहरु विरुद्ध मुद्दा चलाउने तयारी भएको पनि जानकारी दिए ।
यस्तै घटनालाई भद्रभलादमीको बहानामा पीडकलाई उन्मुक्ति दिन भूमिका खेलेको आरोप लागेका ईलाका प्रहरी कार्यालय मर्चवारका इन्सपेक्टर उदय सिंह सिजापतिलाई जिप्रपा झिकाएर छानबिन चलिरहेको छ । सिजापति दोषी पाइए विभागिय कारबाही हुने घानुकले बताए । ‘हामीले घटनाको शुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, दोषी देखिएका सबैलाई कारबाहीको दायरामा ल्याउछौं’, उनले भने ।
किशोरी प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि उनका बाबु, दाजुभाई र छिमेकीले समेत क्रुर तरिकाले उनलाई लाठी, मुक्का लगायतले आक्रमण गरेका थिए । त्यसरी कुटपिट हुँदा पनि प्रहरीले दोषीलाई उन्मुक्ति दिने गरी मिलापत्र गराएको आरोप छ ।
स्थानीयका अनुसार किशोरीको केहि पहिला बालविबाह भएको थियो भने पछि उनी आफ्नै गाउँका २० बर्षिय दिनेश लोधको प्रेममा परेकी थिइन् । प्रेममा रहेको थाहा पाएपछि उनका बाबु लगायत उनका परिवारले किशोरी र उनका प्रेमी लोधलाई समेत फिल्मी शैलीमा चरम यातना दिएका थिए । घटना करिब १० दिन पहिलाको भएपनि स्थानीय युवाहरुले मोबाइलमा खिचेको भिडियो सार्वजनिक गरेपछि मात्र घटना बाहिर आएको हो ।
किशोरीलाई चरम यातना दिने उनका बाबु लगायत उनको परिवारले उल्टै केटा पक्षबाट जरिवाना तिराई पीडकलाई पुरस्कृत गरेका छन् । प्रेमी भनिएका दिनेश लोधले किशोरीको विवाहखर्च बापत नगद १ लाख केटीको बाबु ईन्नर यादवलाई बुझाएका छन ।
पीडकलाई पुरस्कृत गराउन मर्चवारी माई गाउँपालिकाका अध्यक्ष केशव नन्दबनिया, सम्मरी माई गाउँपालिका वडानम्बर ६ का वडाध्यक्ष सत्यनारायण केवट र स्थानीय जनार्दन यादवको भूमिका मूख्य रहेको बताइएको छ । स्थानीय जनताद्धारा निर्वाचित प्रतिनिधिहरुले पीडकलाई कारवाही गराउनुको सट्टा पिडकलाई पुरस्कृत गराएका छन् ।
घटनाको अहिले चौतर्फी आलोचना भइरहेको छ भने दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।
No comments:
Post a Comment