यी हुन रामायण कालमा आतंक फैलिउने १० मायावी राक्षस - The Pride

Latest

BANNER 728X90

Sunday, July 2, 2017

यी हुन रामायण कालमा आतंक फैलिउने १० मायावी राक्षस

प्राचिनकालमा सुर, असुर, देव, दानव, दैत्य, रक्ष, यक्ष, दक्ष, किन्नर, निषाद, वानर, गन्धर्व, नाग आदि जाति हुन्थे । राक्षसलाई पहिला ‘रक्षा’ भनिन्थ्यो । ‘रक्षा’को अर्थ, जसले समाजको रक्षा गर्छ । राक्षसहरु पहिला रक्षाका लागि नियुक्ती हुन्थ्यो । तर, पछि उनीहरुको प्रवृत्ति बदलियो । र, आफ्नो कर्मको कारण बदनाम भए । अहिले उनीहरुलाई असुरों र दावन जस्ता नाम दिइएको छ ।
देवताको उत्पति अदितिबाट भयो । असुरोको दितिबाट, दावनको दनुबाट भएको मानिन्छ । पुराणका अनुसार कश्यपकी सुरसा नामक रानीबाट राक्षस उत्पन्न भयो । तर, एउटा कथामा प्रजापिता ब्रम्हाले समुन्द्रगत जल र प्राणीको रक्षाका लागि अनेक प्रकारका प्राणि उत्पन्न गरे । जलको रक्षा गर्नका लागि यो जातिलाई पवित्र मानियो ।

राक्षसको प्रतिनिधि यी दुई व्यक्तिलाई सुम्पियो, हेति र प्रहेति । दुबै दाजुभाई थिए । उनीहरु पनि दैत्यको प्रतिनिधि मधु र कैटभ समान बलशाली र पराक्रमी थिए । प्रहेति धर्मात्मा थिए । हेती चाहि राजनीति र राजपाटमा बढी रुची राख्थे ।

रामयणकालमा जहाँ विचित्र किसिमका मानसि र पशु पंक्षी हुन्थे, त्यही कालमा राक्ष्सको आतंक एकदमै बढ्यो । राक्षसमा मायावी शक्ति हुन्थ्यो । उनीहरु आफ्नो शक्तिले देव र मानवलाई आतंकित बनाइरहन्थे । रामयणकालमा सम्पूर्ण दक्षिण भारत र दंडकारण्य क्षेत्र (मध्यप्रदेश, छत्तिसगढ) मा राक्षसको आतंक थियो । दन्ड नामको राक्षसको कारण यस क्षेत्रको नाम दन्डकारण्य राखियो ।

कसरी भयो राक्षसको उत्पति ?

राक्षसको प्रतिनिधिमध्ये हेतिले आफ्नो साम्राज्य विस्तार गर्ने मनासयले कालकी पुत्री भयासँग बिवाह गरे । उनीहरुको कोखबाट एउटा छोरा जन्मियो, विद्युत्केश । उसको बिवाह सन्ध्यकी छोरी सालकटंकटासँग गरियो । भनिन्छ, सालसटंकटा व्याभिचरिणी थिइन् ।

यहि कारण जब उसको छोरो जन्मियो, वेपर्वाह छाडिदिए । विद्युत्केशले पनि छोराप्रति खास चासो दिएनन् । किनभने त्यो कसको छोरो थियो भन्ने थाहा थियो । बस यहिबाट राक्षस जातिमा परिवर्तन आयो ।

शिव र पार्वतीले त्यस अनाथ बालकको हेरचाह गरे । त्यो अवोध बालकलाई त्यागेकोमा माता पार्वतीले श्राप दिइन् कि, ‘अबदेखि राक्षस जातिको स्त्रिले चाडै गर्भधारण गर्नेछ र त्यसबाट जन्मिएको बच्चा चाडै हुर्किएर आमा जत्तिकै हुनेछ ।’

त्यसपछि नै हो, राक्षसको शारीरिक आकर्षण कम र विकराल बढी भएको । शिव पावर्तीले त्यस बालको नाम सुकेश राखिदिए । शिवको बरदानको कारण ऊ निडर थियो । ऊ निर्भिक भएर जहाँपनि डुल्न सक्थ्यो । शिवले उसलाई एउटा विमान पनि दिएका थिए ।

सुकेशको तीन छोरा

सुकेसलाई गन्धर्व कन्या देववतीसँग बिवाह गराइयो । उनीहरुको तीन छोरा जन्मिए, माल्यवान्, सुमाली र माली । यहि तीन छोराले राक्षसको साम्राज्य र प्रभाव विस्तार गरे ।

किनभने उनीहरुले शक्ति र ऐश्वर्य प्राप्त गरेका थिए । त्यही कारण एकदमै अहंकार पनि थियो । उनीहरुले विश्वकर्मादेखि त्रिकूट पर्वतको नजिक समुन्द्र तटसम्म लंका निर्माण गरे र त्यसलाई आफ्नो शासन केन्द्र्र बनाए ।

लंकालाई उनीहरुले धन र वैभवको धर्ती बनायो । उनीहरुले त्यसलाई राक्षस संस्कृतिको विजारोपण गरे । उनीहरुको अहंकार बढ्दै गयो र देवतामाथि अत्याचार गर्न थाले । धर्तीमा आतंक मच्याउन थाले ।

रावणको जन्म

यी तीन भाईको वंशजमा माल्यवानबाट वज्र, मुष्टि, धिरुपाश्र्व, दुर्मख, सप्तवहन, यज्ञकोप, मत्त, उन्मत्त नामक पुत्र र कन्य जन्मिए ।

सुमालीको प्रहस्त, अकन्पन, विकट, कालिकामुख, धूम्राश, दण्ड, सुधस, भास्करण नामक पुत्र तथा रांका, पुण्डपोत्कटा, कैकसी, कुभीनशी नामक पुत्री जन्मिए ।

यसमध्ये कैकसी रावणकी आमा थिइन् ।

रामयणले आफ्नो बलबूतोले साम्राज्य बिस्तार गरे । शक्ति बढाए । वास्तवमा रावण राक्षस जातिका थिएनन्, उसको माता राक्षस जातिको थियो तर, उनको पिता यक्ष जातिको ब्राम्हाण थिए ।

रावण किन राक्षस भए ?

मालीकी पुत्री कैकसी रावणकी आमा थिइन् । रावणले देवतालाई छाडेर राक्षसको उन्नतीमा बढी ध्यान दिए । उनी एक कुशल राजनीतिज्ञ, सेनापति र वास्तुकलाका मर्मज्ञ थिए । उनी ब्रम्हाज्ञानी तथा बहु बिद्यामा निपूण थिए । राक्षसप्रति उनको झुकाब बढ्दै गएपछि रावणलाई मुखिया घोषित गरियो । रावणले लंकमा आफ्नो प्रभुत्व जमाए । उनी इन्द्रजाल, सम्होन, तन्त्र आदि जादु समेत जान्दथे । उनीसँग यस्तो विमान थियो, जो अरुसँग थिएन ।

तर, रावण विद्धान भएपनि क्रुर, अभिमानी, अत्याचारी थिए । उनले कुबेरबाट लंका र उसको बिमान हत्याएका थिए । उनले सिताको हरण गरेका थिए । शिवको अपमान गरेका थिए ।

-अनलाइन खबर

No comments:

Post a Comment