सन्तले जिज्ञासु हुदै शिवलाइ हजुरबुबाको बुवाको बारेमा सोधे , ‘तपाइको जिजुबुवा को हुनुहुन्छ?’ शिवले स्तब्ध पार्दै भने, म स्वय हुँ। यति पढेपछि तपाइको दिमाग चक्कराउन सक्छ तर शिवको कहानी एक वृत हो। वृतको कुनै सुरुवात हुँदैन, अन्त्य पनि हुँदैन।
शिवको जन्म बारे अर्को कथा
एक दिन ब्रह्मा र विष्णु को शक्तिशाली भन्दै वादविवाद गर्दै थिए। अकस्मात प्रकासको एक खम्बा प्रकट भयो। सो प्रकासको खम्बा यति ठुलो थियो कि पृ्थ्वी, आकास र क्षितिजसम्म फैलिएको थियो। ब्रह्मा र विष्णुले सो खम्बाको सुरु र अन्त्य भेट्न सकेनन। द्धविधा परे।
केही समय पश्चात सो खम्बाबाट भगवान शिव प्रकट भए।
यो पुरै कहानीले पनि शिवको सुरु र अन्त्य नभएको बताउँछ।
-गोरखाली खबर बाट
No comments:
Post a Comment