म जस्तो नालायक, कुपुत्र, लाचार छोरो करोडौँ आमाहरुको कोखबाट नजन्मिउन् : मार्मिक भिडियो= - The Pride

Latest

BANNER 728X90

Monday, July 17, 2017

म जस्तो नालायक, कुपुत्र, लाचार छोरो करोडौँ आमाहरुको कोखबाट नजन्मिउन् : मार्मिक भिडियो=

आदरणीय श्रोता! तपाईंहरु अहिले सुन्दैहुनुहुँन्छ! ScotNepal Online YouTube Channel Live !
तपाईंहरुको साथमा छु, कार्यक्रम प्रस्तोता, म टीका अधिकारी। श्रोताहरु! कार्यक्रमलाई अगाडी बढाउने अनुमति चाहँन्छु, एउटा कारुँणीक् कथा “आमाबाट”!
जुन् कथालाई आफ्नो वास्तविक घटनामा आधारित रहेर लेख्नुभएको छ, नेपाली साँगीतिक छेत्रका गायक तथा सर्जक, नीलमणी भण्डारीले। हो यही कारुँणीक् कथालाई आज म तपाईँ तमाम् तमाम् आदरणीय श्रोताहरुमाझ पुर्याउने जमर्को गरिरहेको छु, स्वीकार्नुहोला।
आज दिल खोलेर एउटा कुरा भन्न चाहन्छु आमा! यो संसारमा जति पनि मानिसहरु जन्मिए, र अब जति पनि जन्मन्छन् , तिनिहरु सबैको नाता चार चिज सँग मात्र गाँसिएको छ! आमा, बाबा, धर्ती, र आकाश। आजभन्दा अगाडी जो जो जन्मिए, तिनिहरु सबैले यही धर्तीमा टेके! र, खुल्ला आकाशलाई छानो बनाए! अहिले जति पनि जन्मिरहेका छन्! र, अब जति पनि जन्मिनेछन्! तिनिहरुले पनि यही धर्ती मै टेक्नेछन्! र, त्यही खुल्ला आकाशलाई नै छानो बनाउनेछन्। यो त प्रकृतिको नियम नै रहेछ आमा! धन, सम्पत्ति, घर, बंगला, साथीभाई, ईष्ट, मित्र, नाता, कुटुम्ब, र स्वास्नी, छोराछोरी! यी त सबै पछाडी जोडिएका सम्बन्ध हुन् आमा! बस् पछाडी जोडिएका। र, अन्तमा: तिमी पनि भगवान् सँग यही प्रार्थना गर आमा! बस् यही प्रार्थना गर! तिम्रो कोखबाट जन्मिएको म जस्तो नालायक, कुपुत्र, र, लाचार छोरो यो संसारका करोडौँ आमाहरुको कोखबाट नजन्मिउन् भनेर।।
Writer : Nilmani Bhandari
Vocal : Tika Adhikari

No comments:

Post a Comment