“मलाई ससुराले गर्भवती र सुत्केरी हुँदासम्म पनि छोडेनन” - The Pride

Latest

BANNER 728X90

Friday, July 28, 2017

“मलाई ससुराले गर्भवती र सुत्केरी हुँदासम्म पनि छोडेनन”

लामो समयदेखि ससुराबाट बलात्कृत हँुदै आएकी १८ वर्षीया रमिला(नाम परिवर्तन)ले भनिन् । आठ महिनाको गर्भ रहेको बेला गोठमा लडाएर ससुराले बलात्कार गरेको उनले बताइन् । सुत्केरी भएको चार महिना पुगेका बेला बच्चालाई तेल लगाउँदै गर्दा कोठामै आएर आफूलाई बलात्कार गरेको जानकारी दिइन् ।



ठूलोसिरुबारी–५का ४५ वर्षीय दिलबहादुर दुलालले पटकपटक यौन दुव्र्यवहार गरेपछि सोमबार बुहारी रमिलाले दुलालबिरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी छन् । आफूमाथि ससुराले बलात्कार गरेको कुरा श्रीमान्लाई बताएको र श्रीमान्ले पनि बेवास्ता गरेपछि प्रहरीमा उजुरी गर्न वाध्य भएको उनले बताइन् । ‘ससुराले नराम्रो काम गरेको कुरा मैले पटकपटक श्रीमान्लाई बताएँ,’ रमिलाले भनिन्, ‘तर, जति भने पनि उल्टो मलाई नै नराम्रो देख्न थालेपछि पुलिसकोमा उजुरी गरेकी हुँ ।’

तनहुँ भानुकी रमिलाको दुई वर्षअघि २१ वर्षीय विष्णुबहादुर दुलालसँग प्रेम विवाह भएको थियो । प्रेम विवाह भएकै कारण बिहे गरेदेखि नै सासूससुराले आफूलाई नराम्रो व्यवहार गर्ने गरेको रमिलाले बताइन् । रमिलाका श्रीमान् विष्णु जोमसोममा ट्रयाक्टर चलाउने काम गर्थे । ‘श्रीमान् कहिलेकाँही मात्रै घर आउने भएकाले मौका छोपेर ससुराले मलाई जबर्जस्ती गर्ने गर्थे,’ उनले भने ।’

आफूमाथि जबर्जस्ती भएको कुरा गाउँलेलाई बताउँछु भन्दा ससुराले घरबाट निकाल्ने धम्की दिएको उनले बताइन् । ससुराले आफूलाई पहिलोपटक आठ महिनाको गर्भवती हँुदा घर नजिकैको खेतमा पानी लगाउन गएको बेला एक्कासी पानी दर्कन थाल्यो । ओत लाग्न गोठमा पसेकी मात्रै के थिएँ, ससुरा भनौदो पापीले एक्कासी भुइँमा लडाएर जबर्जस्ती गर्‍यो ।’

त्यसपछि आफूमाथि पटकपटक बलात्कार भएको उनले बताइन् । ‘त्यसपछि मलाई एक्लै भेट्ने बित्तिकै जबर्जस्ती गर्न थाल्यो,’ सौर्यसँग उनले भनिन् । करिब एक साताअघि पछिल्लोपटक आफू बलात्कृत भएको उनले बताइन् । ‘हप्तादिन जति अघि कोठामा बसेर बच्चालाई तेल लगाइरहेको थिएँ । कोठाभित्र आएर एक्कासी लडाएर मलाई बलात्कार गर्‍यो,’ उनले भनिन् ।

No comments:

Post a Comment