अब लाइसेन्स लिन नयाँ नियम, लिखित र ट्रायलले मात्रै नपुग्ने - The Pride

Latest

BANNER 728X90

Sunday, July 2, 2017

अब लाइसेन्स लिन नयाँ नियम, लिखित र ट्रायलले मात्रै नपुग्ने

अब सवारी लाइसेन्स लिन लिखित र ट्रायल पास भएर मात्रै नपुग्ने भएको छ। लाइसेन्स लिनका लागि नयाँ नियम लागू गर्ने तयारी भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्था विभागसँगको सहकार्यमा नयाँ नियम लागू गर्न लागेको हो। लिखितपछि अब ह्याण्डलिङ टेस्ट, रोड टेस्ट र ट्राफिक अवेरनेस टेस्ट हुने भएको छ। हाल लिखितपछि ट्रायलमा पास भएपछि लाइसेन्स दिने गरिएको छ।

यदी रोड टेस्टमा फेल भएमा लिखित परीक्षा मात्रै नदिई अरु पुनः दिनुपर्ने भएको छ। केही दिनपछि नै लागू गर्नेगरी तयारी अन्तिम अवस्थामा पुगेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

विकसित धेरै देशहरुमा यस्तै व्यवस्था रहेकाले वैज्ञानिक बनाउन नेपालमा पनि लागू गर्न लागिएको ट्राफिक प्रहरी डिआइजी मिङमार लामाले जानकारी दिए। ‘विश्वका धेरै राष्ट्रहरुको अध्ययन गरेपछि हामीले नयाँ नियम बनाएका हौँ, यसमा सबैको साथ र सहयोग रहने हाम्रो विश्वास छ’ उनले भने।

No comments:

Post a Comment