नेपालको समर्थन माग्यो उत्तर कोरियाले - The Pride

Latest

BANNER 728X90

Sunday, July 2, 2017

नेपालको समर्थन माग्यो उत्तर कोरियाले

असार १८ – प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका लागि गैह्र आवासीय नेपाली राजदूत लीलामणि पौडेलले सर्वोच्च जनसभाको कार्यकारी समितिका सभापति किम योङ नामसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । सो अवसरमा सभापति नामले नेपालसँग उत्तर कोरियालाई समर्थन गर्न आग्रह गरेका छन् ।
बिहीबार उत्तर कोरियाली राजधानी प्योङयोङमा एक समारोहका बीच ओहोदाका प्रमाणपत्र बुझाइसकेपछि भएको भेटमा सभापति नामले नेपाललाई असंलग्न आन्दोलनमा भूमिका बढाउन आग्रह गर्नुका साथै कोरियाली प्रायद्वीपको अवस्थाबारे राजदूत पौडेललाई जानकारी गराएका थिए ।

सभापति नामले कोरियाली प्रायद्वीपको बारेमा नेपालको बुझाइ स्पष्ट हुनुपर्ने बताउँदै विवाद समाधानका लागि स्वतन्त्र राष्ट्रका रुपमा उत्तर कोरियाको सार्वभौम अधिकारलाई समर्थन गर्न नेपालसँग आग्रह गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

बिहीबार नै राजदूत पौडेलले उत्तर कोरियाली विदेश मन्त्रीलाई भेटेका छन् । सो अवसरमा आपसी हितसम्बन्धी कुराकानी भएको जनाइएको छ ।

त्यस्तै राजदूत पौडेलले उत्तर कोरियाली जनस्वास्थ्य सहाकमन्त्री किम ह्योङ हुन र एसियाली मामिला विभागका महानिर्देशक पाक जोङ हकसँग पनि भेट गरेका छन् ।
–हाम्रोदेश डट कम

No comments:

Post a Comment