गृहमन्त्री जनार्दन शर्माले फेरी गरे अर्को ३ करोड नेपाली जनता खुसिहुने काम : ठाडो आदेश दिएरै बचाए महिलाको ज्यान - The Pride

Latest

BANNER 728X90

Tuesday, July 18, 2017

गृहमन्त्री जनार्दन शर्माले फेरी गरे अर्को ३ करोड नेपाली जनता खुसिहुने काम : ठाडो आदेश दिएरै बचाए महिलाको ज्यान

रोल्पा । रोल्पाको थवाङ स्थित सामुदायीक अस्पतालमा उपचार नभएपछि थलिएकी बरमाया विकको उद्दार भएको छ ।

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष तथा दियोपोस्ट डटकम रोल्पाका संवाददाता मानसिंह बिकले उद्दारको लागि पहल गरेका थिए ।

मानसिंहलाई बरमायाका जेठाजु दीपेन्द्र विकले करिव ९ बजेतिर टेलिफोन गरी गर्भवति महिला बरमाया र शिशुको ज्यान जोखिममा परेको गुनासो गरेका थिए । मानसिंहले उद्धारका लागि प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, गृहमन्त्रालय, नेकपा (माओवादी केन्द्र) का पोलिट व्यूरो सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’,

रोल्पा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा. भवानी शर्मा, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव निरीक्षक रामप्रसाद घर्तीमगर र थबाङ स्वास्थ्य चौकी इन्चार्ज राजकुमार बुढामगरसँग सम्पर्क गरी उद्दार गरिदिन आग्रह गरेका थिए ।

बर्खायाम शुरु भएसँगै रोल्पाको दुइखोली गाउँपालिकाको दुइखोलीसम्ममाको सडक अवरुद्ध भएको थियो । थबाङबाट दुइखोलीमा आउनको लागि १ दिन लाग्छ ।

गृहमन्त्री जनार्दन शर्माको निर्देशन पछि नेपाली सेनाको हेलिकोप्टर उडेको थियो । तर, मौसम खराबीकै सेनाको हेलिकोप्टर फर्किएको थियो । दोस्रो उडानको हेलिकोप्टरले बरमायाको उद्दार गरी काठमाडौं पु¥याएको छ ।

No comments:

Post a Comment