गायक बद्रि पंगेनी केपी ओलीको दवावमा रिहा भएको खुलाशा - The Pride

Latest

BANNER 728X90

Wednesday, July 19, 2017

गायक बद्रि पंगेनी केपी ओलीको दवावमा रिहा भएको खुलाशा

जुवाको खालबाट पक्राउ परेका गायक बद्री पंगेनी एमाले अध्यक्ष केपी शर्मा ओलीको दवावमा हिरासतमुक्त भएका छन् । उनलाई दिउसो १ बजेतिर रिहा गरेको महानगरिय प्रहरी वृत महाराजगंजले जनाएको छ । उनी सहित पक्राउ परेको ११ जना नै हिरासतमुक्त भएको प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो समय सही पनि एमाले मै पनि एमाले भन्ने गित गाएर थप चर्चामा रहेका पंगेनीलाई तत्काल छाड्न अध्यक्ष ओलीले गृह मन्त्री जनार्दन शर्मालाई दवाव दिएका थिए ।

पंगेनी पक्राउ परेको सार्वजनिक भएको केहीबेरमै ओलीले फोन गरेर दवाव दिएको गृह श्रोतले जनाएको छ । ओली निकट श्रोतले पनि गृहमन्त्रीलाई आग्रह गरिएको बताएको छ । गायक पंगेनीको नामबाट सार्वजनिक भएको विज्ञप्तीमा भने उनले आफु पक्राउ नै नपरेको दावी गरेका छन् ।

No comments:

Post a Comment