तपाईको आजको राशिफल : २०७४ साल श्रावण १९ गते विहिबार (भिडियो सहित) - The Pride

Latest

BANNER 728X90

Wednesday, August 2, 2017

तपाईको आजको राशिफल : २०७४ साल श्रावण १९ गते विहिबार (भिडियो सहित)

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः । पञ्चाङ्ग÷राशी र वारवेला
श्रीसूर्य दक्षिणायन वर्षा ऋतु, साधारण नाम संवत्सर, शाके १९३९, विक्रसम्वत २०७४ साल श्रावण १९ गते विहिबार नेपाल सम्बत ११३७ गुलाथ्व,सन् २०१७ अगस्त ३ तारिक शुक्ल पक्ष एकादशी तिथि अपरान्ह ४ वजेर ३८ मिनेटसम्म, ज्येष्ठा नक्षत्र साँझ ७ वजेर १९ मिनेटसम्म, ऐन्द्रियोग, विष्ठिकरण, आनन्दादियोग काल, सूर्य कर्कट राशीमा,चन्द्रमा साँझ ७ वजेर १९ मिनेटसम्म बृश्चिक उप्रान्त धनु राशीमा ।
सूर्योदयबाट विहान ७÷८ वजेसम्म शुभ वेला,७÷८ वजे देखि ८÷४८ वजेसम्म रोग वेला,८÷४८ देखि १०÷२८ वजेसम्म उद्वेग वेला,१०÷२८ देखि १२÷८ वजेसम्म चर वेला,१२÷८ देखि १÷४८ वजेसम्म लाभ वेला,१÷४८ देखि ३÷२९ वजेसम्म अमृत वेला,३÷२९ देखि ५÷९ वजेसम्म काल वेला र ५÷९ देखि सूर्यास्त सम्म शुभ वेला रहनेछ ।
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
( नोटः– काल भन्दा उद्वेग,उद्वेग भन्दा चर,चर भन्दा शुभ,शुभ भन्दा लाभ र लाभ भन्दा अमृत वेला राम्रो मानिन्छ )
“जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।”
ज्योतिष पंडितः–वेदनिधि तिमिल्सिना, पोखरा, इमेलः gurupatrakar@gmail.com
यो पनि पढ्नुहोस् - तपाईको आजको राशिफल :- २०७४ साल वैशाख ८ गते शुक्रबार



मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सञ्चित धन खर्च हुनेछ । अध्ययन÷अध्यापनमा ध्यान जानेछ । हर्ष एवं उमंग बढ्नेछ । कुरा काट्नेहरू सक्रिय हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ ।

वृष
इ उ ए ओ वा वी वु वे वो
कार्यमा बाधा उत्पन्न हुनेछ । मन विचलित हुनेछ । आय आर्जन सामान्य रहनेछ । सामाजिक प्रभाव बढ्नेछ । खर्च बढ्नेछ । बुद्धि बढ्नेछ ।

मिथुन
का कि कु घ ङ छ के को हा
न्यायिक क्षेत्र सफल रहनेछन् । व्यवसाय सामान्य रहनेछ । शारीरिक थकान बढ्नेछ । आकस्मिक धन प्राप्ति हुनेछ । हर्ष बढ्नेछ ।
यो पनि पढ्नुहोस् - तपाईको आजको राशिफल :- २०७४ साल वैशाख ३१ गते आइतबार (भिडियो सहित)

कर्कट
ही हु हे हो डा डि डु डे डो
स्वास्थ्यमा सुधार आउनेछ । आत्मविश्वास बढ्नेछ । कार्य सफल हुनेछन् । शत्रु सबल रहनेछन् । मनमा चञ्चलता बढ्नेछ ।

सिंह
मा मि मू मे मो टा टी टु टे
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । व्यावसायिक परिवर्तन हुन सक्छ । व्ययको अधिकता रहनेछ । कान्ति क्षय हुनेछ । यात्रा हुनेछ ।

कन्या
टो प पी पु ष ण ठ पे मो
विवाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । राजनीतिक अपवाद लाग्न सक्छ । आकस्मिक धन खर्च हुनेछ । मित्र भेट होला ।
तुला
र री रु रे रो ता ती तू ते
आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मनमा द्विविधा बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ । बुद्धि बढ्नेछ ।

वृश्चिक
तो ना नी नू ने नो या यि यु
आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापारमा विचलन आउनेछ । स्वास्थ्य सामान्य रहनेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ ।
यो पनि पढ्नुहोस् - तपाईको आजको राशिफल :- २०७४ साल आषाढ १८ गते आइतबार (भिडियो सहित)

धनु
य यो भा भी भू ध फा ढ भे
नेतृत्व क्षमता बढ्नेछ । रोजगार प्राप्त हुनेछ । दैनिक कार्यमा सुधार आउनेछ । मित्रको सहयोग मिल्नेछ । हर्ष बढ्नेछ ।

मकर
जो जा जी खी खू खे खो गा गी
मन अस्थिर रहनेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । सामाजिक क्षेत्रमा सुधार आउनेछ । आफन्तमा विवाद बढ्नेछ ।

कुम्भ
गू गे गो सा सी सु से सो द
मनोरञ्जनमा खर्च बढ्नेछ । व्यवसायबाट यथेष्ट लाभ मिल्नेछ । धन आर्जन हुनेछ । नैतिकतामा आक्षेप लाग्न सक्छ । विद्या प्राप्ति हुनेछ ।

मीन
दि दू थ भ ञ दे दो चा ची
कला, साहित्य, संगीत क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कार्यमा लागिनेछ । बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ । प्रेम सफल हुनेछ ।

No comments:

Post a Comment