पंचकुला। बलात्कारी बाबा राम रहीमको बिलासी बेडरुमको ढोका प्रहरीले लात्तीले हानेर फोरेको भिडियो अहिले निकै चर्चित भइरहेको छ । बाबाको बेडरुमसहित सहित उनका अन्य गुप्त स्थानहरुको पनि भिडियो सार्वजनिक भएका छन् । प्रहरीले बाबाको मुख्य ठाउँहरुमा छापा मार्न सुरु गरेपछि यी भिडियोहरु सार्वजनिक भएका हुन् । बाबाको बिलासी बेडरुमको ढोका लात्तीले हानेर फोरेको भिडियोले निकै चर्चा पाएको छ ।
सेक्टर २३ नामको बाबाको एक अड्डामा प्रहरीले निकै ठूलो परिमाणमा लाठी र डण्डा बरामद गरेको छ । यी वस्तुहरु दंगा भड्काउन प्रयोग गरिएको अनुमान गरिएको छ । डेराको माथिल्लो तलामा दुई भिआइपी रुम र एक हल बनाएको पाइएको छ । यो फ्लोरमा कुनै पदाधिकारीलाई जाने अनुमति थिएन । यहाँ निकै महंगा सजावटका सामान राखिएको पाइएको छ ।
No comments:
Post a Comment