समुद्र सतहबाट १६७० मिटरको उचाइमा रहेको यो गुफासम्म पुग्न सजिलो छैन । कैयौं किलोमिटर पैदल हिँडेपछि बल्ल अल्मोडाबाट २ सय २० किलोमिटर टाढा रहेको यो गुफामा पुग्न सकिन्छ । यो गुफा भारतको उत्तराखण्डमा रहेको पिथौरागढ जिल्लामा छ । गुफाभित्र अक्सीजनको कमी छ जसका कारण मुटु वा श्वास प्रश्वाससम्बन्धी समस्या भएकालाई भित्र जान दिइँदैन ।
९० मिटर गहिरो यो गुफामा तल जानको लागि ८८ भन्दा बढी सिढी बनाइएका छन् जो भित्ताबाट निरन्तर चुहिने पानीका कारण अत्यन्तै चिप्ला छन् । भित्र जाने बाटो निकै साँघुरो छ । यहाँको बारेमा स्कन्द पुराणमा वर्णन गरिएको छ । स्कन्द पुराणको मानसखण्डमा १०३ अध्यायमा यो गुफाको बारेमा उल्लेख गरिएको छ । पुराणमा लेखिएको छ भगवान शिवले गणेशको शिर यही ठाउँमा काटिदिएका थिए । अयोध्याका राजा ऋतुपर्णा भगवान शिवका भत्तः थिए र यो गुफा उनैले खोजेका हुन् । ऋतुपर्णाको शासनकाल आजभन्दा ६ हजार ७ सय वर्ष पहिले थियो ।
भिडियो हेर्नुहोस् –
No comments:
Post a Comment