ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ। शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि,बिधानमा एकरुपता छ | तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ | जस्तै –
डोटी बोगटानमा धिरगाणी (गणेश) भनिन्छ |
डडेल्धुरामा गन्याप लाटो (बडालको लाटो देवता) भनिन्छ |
दार्चुलामा लटिनाथ /लट्बाव (गणेश ) भनिन्छ |
गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्।
गणेशको रूपले के बुझाउछ ?
(भगवान श्री गणेश)
भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्। यहाँ भगवान श्री गणेशको रूपले के भन्दै छ ? भन्ने बारेमा टिप्पनी गरिदै छ।
शिर
भगवान श्री गणेशको शिर हात्तीको छ।हात्तिलाई संसारको सबै भन्दा ठूलो थल चर प्राणिको रूपमा लिइन्छ। कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु न परोस् भन्ने सोच सबैको हुन्छ। भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम न होस् भन्ने बुझाउछ।
यसैले हामीहरूले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडी शिर न झुकोस् भन्ने शिक्षा पाउनु पर्छ। जिव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भए पनि यसले अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्द छ। यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि जिव छ त्यसलाई आफु भन्दा ठूलो मान भन्ने भावना राख्नु पर्द छ।
कान
भगवान श्री गणेशका कानहरू ठुला छन्। मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ। सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरु देखि अन्त सम्म कुनै बिध्न बाधाहरू पर्दैन। कामको पनि फतेह हुन्छ। अरुसँग न सोधेर अरुको कुरालाई न गनेर आफ्नो मन मर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन।
कसैले आफ्नो बारेमा नराम्रो भन्यो पनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यक पर्दछ। यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जो काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने। नराम्रो कुराहरू कानले पचाउनु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।
नाक
भगवान श्री गणेशको नाक लामो छ। हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा भनिने गर्छ “यो मानिसले त नाक कटायो”। मान्छेले कुनै पनि काम आफ्नो लाज (इज्जत) बचाएर गर्नु पर्ने हुन्छ। यदि समाजमा इज्जत बचाउने काम गरेन आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्ने छन्। यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको नामो नाकको स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस्। हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।
No comments:
Post a Comment