राम्रो तलब सुबिधा पाउने साझा सवाल छाडेर ५ हजारको कोठा खोज्दै विद्या ! किन छोडिन् ? - The Pride

Latest

BANNER 728X90

Thursday, January 4, 2018

राम्रो तलब सुबिधा पाउने साझा सवाल छाडेर ५ हजारको कोठा खोज्दै विद्या ! किन छोडिन् ?

काठमाडौँ !! साझा सवालकि होष्ट विद्या चापागाईंले बीबीसी मिडिया एक्सनबाट विदा लिएकी छिन् ।

बेलायती प्रसारण संस्था बीबीसीको आइएनजिओ बीबीसी मिडिया एक्सनले बिगत लामो समयदेखि उत्पादन र प्रशारण गरिरहेको यो कार्यक्रममा आर्थिक संकट उत्पन्न भएपछि विद्याले यस्तो निर्णय लिएकि हुन् । उनको बिदाइसँगै अव उक्त कार्यक्रम कसले संचालन गर्छ भन्ने अन्यौल त भएको छ नै, बीबीसी मिडिया एक्सनभित्र फन्ड सकिंदै लागेका बेला अव यो कार्यक्रम बन्द हुन्छ वा चलिरहन्छ भन्ने अर्को प्रश्न उठेको छ ।
५ हजारको कोठा खोज्दै विद्या !
यसो त लाखौँको तलव छाडेर विद्या त्यसै भने बस्न लागेकी होइनन् । उनी जागिरेबाट उद्यमी बन्न लागेकी छिन् ।
विद्या चापागाइँले ‘काठमाडौँ काठमाडौँ’ गुगल ग्रुपमा केही दिनअघि एउटा विज्ञापन पोस्ट गरिन्- सानेपा धोबिघाट एरियामा ५/६ हजार भाडा पर्ने एउटा कोठा खोज्दैछु, सानो अफिस सेटअपका लागि । उनले किन यस्तो लेखिन् भन्ने बुझ्दा उनले साझा सवाल छाडेर आफ्नै कार्यक्रम सुरु गर्न लागेको पत्ता लागेको हो ।

उनी निकट स्रोतका अनुसार उनी मिडिया हाउस र एनजीओ संचालनको तयारीमा छिन् । नारायण श्रेष्ठले कार्यक्रम छोडेपछि उनी प्रतिष्पर्धाबाट कार्यक्रम सञ्चालकको रुपमा छानिएकी थिइन् । झण्डै चार वर्ष साझा सवाल चलाएर विद्याले डिसेम्बरको अन्त्यसँगै कार्यक्रमलाई सधैँका लागि बाइबाइ गरेकी छिन् । उनले प्रतिमहिना डेढलाख हाराहारीमा तलव पाउने गरेकी थिइन् ।

No comments:

Post a Comment