भरतपुर घटनामा एमालेले पाउने भयो न्याय, प्रमुख निर्वाचन आयुक्तले भने “हार्न लागेपछि मतपत्र च्यातेर पुनः मतदान माग्ने पद्धतिको बिकास हुन दिंदैनौ” - The Pride

Latest

BANNER 728X90

Tuesday, May 30, 2017

भरतपुर घटनामा एमालेले पाउने भयो न्याय, प्रमुख निर्वाचन आयुक्तले भने “हार्न लागेपछि मतपत्र च्यातेर पुनः मतदान माग्ने पद्धतिको बिकास हुन दिंदैनौ”

१६ जेे, काठमाडौं- प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले हार्न लागेपछि मतपत्र च्यातेर पुनः मतदानमा जाने पद्धति बस्न नदिन आयोग सचेत रहेको बताएका छन् ।

भतरपुरको घटनाबारे कुरा गर्न आयोग पुगेका एमाले अध्यक्ष केपी ओली, माधवकुमार नेपाललगायत नेताहरुसँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् । भरतपुर घटनाले आयोगलाई चिन्तित बनाएको र भविष्यको लागि पाठ सिकाएको पनि उनले बताए ।

यादवले आयोगको अनुगमन टोली, सुरक्षा निकाय र मानवअधिकारको रिपोर्ट हेरेर लोकतान्त्रिक पद्धतिलाई असर नगर्ने गरी निर्णयमा पुग्ने बताए । यादवले भने ‘आयोग कसैको दबावमा परेर निर्णय गर्दैन, लोकतन्त्रको मूल्य मान्यतालाई मर्न दिँदैनौं ।’

एमाले नेताहरुले कर्मचारीको अनुगमन टोलीले दिने रिपोर्ट नमान्ने बताएका थिए । आयोगले हिजो भरतपुर मतगणनास्थल मतपत्र च्यातिएको विषयमा सहमहान्यायधिवक्ताको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो ।

एमालेले भने प्रमुख आयुक्त वा आयुक्तलाई नै भरतपुर जान माग गरेको छ । एमाले नेताहरुले मतपत्र च्यात्ने र योजना बनाउने तथा निर्देशन दिने काम सत्तापक्षबाट भएकाले सरकारी कर्मचारीको नेतृत्वमा गठित अनुगमन टोलीको रिपोर्ट मान्य नहुने तर्क राखेका थिए ।

भेटवार्तापछि एमाले नेता सुवास नेम्वाङले भरतपुर प्रकरण अत्यन्त गम्भिर घटना भएकाले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त नै त्यो ठाउँमा जानुपर्ने भनेर ध्यानाकर्षण गराइएको बताए ।

No comments:

Post a Comment