निर्वाचन आयोगले प्रधानमन्त्री प्रचण्डलाई सोच्दै नसोचेको यस्तो सुझाव दियो - The Pride

Latest

BANNER 728X90

Tuesday, May 30, 2017

निर्वाचन आयोगले प्रधानमन्त्री प्रचण्डलाई सोच्दै नसोचेको यस्तो सुझाव दियो

निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति असार १४ का लागि सार्न सुझाव दिएको छ।

प्रमुख आयुक्त अयोधिप्रसाद यादव, अन्य चार आयुक्त र सचिव गोपीनाथ मैनालीसहितको टोली प्रधानमन्त्रीलाई भेट्न मंगलबार साँझ सिंहदरबार पुगेको थियो। मन्त्रिपरिषदले जेठ ९ गतेका लागि मिति तोकेपनि विरोध भएपछि नयाँ मितिबारे परामर्श गर्न प्रधानमन्त्री दाहालले आयोगलाई बोलाएका हुन्।असार ९ गते मुस्लिम धर्मावलम्बिको चाड इद-उल-फित्र अन्तर्गतको जुमा-अल-बिदा परेकाले उक्त दिन निर्वाचनको कार्यक्रम नराख्न सरकारमाथि दबाव परेको थियो। असार १३ गते रमादान सकिने र असार १५ गते धान दिवस पर्ने भएकाले १४ गते निर्वाचन गर्नु उपयुक्त हुने सुझाव आयोगले दिएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ।

आयोगले यसअघि पनि असार १४ गते निर्वाचनको कार्यक्रम राख्न सरकारलाई सुझाव दिएको थियो। भोलि बस्ने मन्त्रिपरिषद बैठकले निर्वाचनको नयाँ मिति तोक्ने सचिवालयले जानकारी दिएको छ। स्थानीय तह निर्वाचन ऐनमा संविधान जारी भएपछि हुने पहिलो स्थानीय निर्वाचनको मिति नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा तोक्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार नै नयाँ मिति तोक्न प्रधानमन्त्री दाहालले परामर्शका लागि आयोगलाई बोलाएका हुन्।सो छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधि पनि सहभागी थिए।

सरकारले यसअघि दुई पटक निर्वाचनको मति सारिसकेको छ। पहिले बैशाख ३१ गते एकै चरणमा देशभर निर्वाचन गर्ने गरी मिति तय गरेको थियो। यसपछि विभिन्न चार प्रदेशमा निर्वाचन हुने मिति जेठ ३१का लागि तय गर्यो३। सरकारले हिजो मात्रै जेठ ३१मा निर्वाचन गराउने निर्णय बदल्दै असार ९ लाई निर्वाचनको नयाँ मिति तोकेको थियो। उक्त निर्णयको विरोध भएपछि सरकारले फेरि नयाँ मिति तय गर्न लागेको हो।

No comments:

Post a Comment