नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राप्रपाका नेता गिरीले भने, ‘राप्रपा एमालेसँग सति गएको होइनौँ । राष्ट्रिय पार्टीहरूसँग तालमेल हुन सक्छ । एमालेसँगको तालमेलका बेला केही कमिकमजोरी भएका छन् । समीक्षा गर्नुपर्छ ।’
उनले एमालेसँग तालमेल भएका स्थानीय निकायमा राप्रपाका उम्मेदवारलाई मत नआएकोमा असन्तुष्टि जनाए । उनले भने, ‘एमालेसँग तालमेल गरेर कमजोरी भयो । समीक्षा गर्नुपर्छ ।’
पूर्व मन्त्री समेत रहेका नेता गिरी राप्रपालाई पराजित गराउन देशविदेशी शक्तिले ठूलो भूमिका खेलेको आरोप लगाए । ‘हाम्रा विपक्षी देशी र विदेशीले भ्रम पैदा गरेका छन् । उनीहरूले राप्रपालाई हराए ।’काठमाडौं, ५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिलनाथ गिरीले एमालेसँग चुनावी तालमेल गरेर सति गएको भन्ने आरोपको खण्डन गरेका छन् ।

No comments:
Post a Comment