रेणुले हालसम्म ११९८५ मत पाइसकेकी छिन् भने उनी भन्दा पछि रहेका एमालेका देवी ज्ञवालीले ११९०२ मत पाएका छन् । यसअघि रेणु धेरै मतले पछाडी परेकी थिइन् ।
काठमाडौं महानगरपालिकामा नेकपा एमालेका बिद्यासुन्दर शाक्यले अग्रता लिएका छन् । उनको ८१०४ मत रहेको छ । नेपाली कांग्रेसका राजुराम जोशीको ५१७२ मत रहेको छ ।
माओबादी केन्द्रका सर्वोत्तम डंगोलको ६९७ मत, साझा पार्टीका किशोर थापाको २४५२ मत तथा विवेकशील नेपालीका रञ्जु दर्शनाको ३२८७ मत रहेको छ ।
त्यस्तै, ललितपुर महानगरपालिकामा हालसम्म एमालेको हरिकृष्ण व्यञ्जनकारले १११०३ मत ल्याएका छन् । नेपाली कांग्रेसका चिरीबाबु महर्जनको ११८४३, माओबादी केन्द्रका दिनेश महर्जनको १३५२ मत, नयाँ शक्तीका मदन महर्जनको १०८ तथा साझा पार्टीका रमेश महर्जनको ६८९३ मत रहेको छ ।
पोखरा लेखनाथ महानगरपालिकामा झिनो मतले एमालेले नै अग्रता लिएको छ । एमालेका मानबहादुर जिसीको १२१३१ मत, कांग्रेसका रामजी कुँबरको ११७६८ मत रहेको छ
No comments:
Post a Comment