सुरूमा समान मतको टक्करमा रहेका माअोवादी र एमाले उम्मेद्वारको मत अन्तर विस्तारै फराकिलो बन्दै गयो। एमालेले निरन्तर अग्रता मात्रै लिएन फराकिलो मतले उछिन्दै गयो। तर शुक्रबार बिहानको मत परिणामले फेरी एकपटक एमालेलाई झस्काएको छ भने माअोवादीलाई हाैस्याएको छ।
माअोवादी केन्द्र/कांग्रेस गठबन्धनकी रेणु दाहालले शुक्रबार बिहान अग्रता लिएकी छन्। उनले ११९८५ मत ल्याएर एमाले उम्मेद्वार देवी ज्ञवालीलाई उछिनेकी छन्। ज्ञवालीले ११९०२ मत ल्याएका छन्। रेणुले ८३ मतले उछिन्दै आफ्नो निरन्तरको पछुवा गति तोड्दै अग्रता कायम गरेकी छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र भएको र उम्मेद्वार उनकै छोरी भएका कारण भरतपुरको चुनावी परिणाम सर्वत्र चासो र चर्चामा छ। त्यसमाथि नेपाली कांग्रेससँग माअोवादीको तालमेल पनि छ।
सर्वाधिक चर्चाको भरतपुरमा एकाएक उल्टेको मतपरिणामले थप चासो बढाएको छ। यद्यपी मतगणना गर्न अझ धेरै बाँकी छ। यो नतिजाले कडा टक्करकाबीचमा बाँकी नतिजा आउने र थप रोचक भिडन्त हुने देखिन्छ।
No comments:
Post a Comment