नयाँ सरकार बारे सनसनीपुर्ण खुलासा, कांग्रेस-एमाले समीकरणमा सरकार बन्ने! - The Pride

Latest

BANNER 728X90

Saturday, May 27, 2017

नयाँ सरकार बारे सनसनीपुर्ण खुलासा, कांग्रेस-एमाले समीकरणमा सरकार बन्ने!

भक्तपुर जेठ १२ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेस र एमालेको समिकरणमा नयाँ सरकार गठन हुन सक्ने बताउनुभएको छ । शुक्रबार भक्तपुरस्थित डाक्टर इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको भक्तपुर नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा स्वागत कार्यक्रममा बोल्दै उहाँले नयाँ सरकार गठनमा कांग्रेस एमालेको समिकरण हुने बलियो आधार बन्दै गएको बताउनुभयो ।

बिजुक्छेले सरकारले निरङकुशता लादेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाऐ जिकिर गर्दै अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरित बताउनुभयो ।

सरकारले आचारसंहिता विपरित बजेट, नीति तथा कार्यक्रम ल्याएको बताउँदै उहाँले दोस्रो चरणको चुनाव अघि ल्याइएको बजेटले दोश्रो चरणको चुनावलाई प्रभाव पार्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले नेमकिपा नयाँ गठन हुने सरकारमा सहभागी नहुने बताउँदै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हक अधिकार स्थापनाका लागि आवाज उठाउँने उहाँको भनाई थियो ।

अध्यक्ष बिजुक्छेले दोस्रो चरणको स्थानीय तहको चुनाव सरकारले निष्पक्ष रुपमा सफल पार्नु पर्ने बताउँदै नेमकिपा सबै चुनावको पक्षमा रहेको बताउनुभयो ।

कार्यक्रममा झक्तपुर नगरपालिकाकाका नवनिर्वाचित नगरपालिका मेयर सुनिल प्रजापतिले भक्तपुर नगरलाई साँस्कृतिक नगर मात्रै नभई शिक्षा र स्वास्थ्यको हवको रुपमा समेत विकास गर्ने बताउनुभयो ।

त्यसअवसरमा उपमेयर रजनी जोशी लगायत नगरका १० वटा वडाका वडाअध्यक्षहरुले भक्तपुर नगरलाई सम्बृद्ध नगर बनाउन एकजुट भएर लाग्ने बताउनुभयो ।  

No comments:

Post a Comment