३ महिनामै तयार हुन्छ तुलसी
तुलसीलाई हिन्दूहरुले विशेष गरी धार्मिक दृष्टिकोणले महत्वपूर्ण ठान्छन् । तुलसीको पूजा गर्नु, मानिस मरेलगत्तै तुलसीको मोठमा लगेर शवलाई राख्नु लगायतले समेत यो वनस्पति कति महत्वपूर्ण छ भन्ने देखिन्छ । धार्मिक मान्यता अनुसार तुलसीको जति महत्व छ, यसको औषधीय गुणका कारण बजारमा अझ ठूलो महत्व र डिमाण्ड छ । लामो समयदेखि धेरै औषधि उद्योगहरुले तुलसीबाट उत्पादन हुने तेललाई विभिन्न औषधीहरुको निर्माणमा प्रयोग गरिरहेका छन् । तुलसीको खेती चैत वा बैशाखबाट सुरु गर्न सकिन्छ । यसको खेती बिज वा हाँगालाई कलमी गरेर समेत गर्न सकिन्छ । एक हेक्टरमा यसको खेतीका लागि लगभग १० किलोग्राम जति बिउको आवश्यकता पर्छ । तुलसीको बोट निकै कठोर हुन्छ, जसका कारण सानातिना रोगले यो वनस्पतिलाई छुन सक्दैन । रोपेको ८० देखि ९० दिनसम्म तुलसी बिक्रीका लागि तयार हुन्छ ।
२० देखि ४० हजारसम्म मात्र लगानी
एक अध्ययन अनुसार तुलसीको खेती २० देखि ४० हजार रुपैयाँसम्म गर्न सकिन्छ । यो बजेटमा केही घटबढ ठाउँ र सिंचाई तथा अन्य बिषयको सहजताको हिसाबले पनि हुनसक्छ । तुलसीको राम्रो बिउ नेपाल र भारतका विभिन्न बजारहरुमा पाइन्छ । रोग तथा किराहरुको कम आक्रमण हुने भनी पहिचान भएको तुलसीको प्रजातिको खेती गर्न सकियो भने अझ बढी फाइदा हुन्छ । थोरै खर्च र छोटो अवधिमा तुलसीको खेतीबाट धेरै राम्रो आम्दानी हुने जानकार बताउँछन् ।
No comments:
Post a Comment