प्रधानमन्त्रीले राजिनामाको तयारी गर्दै गर्दा संसदमा यस्तो सोच्नै नसकिने घटना घट्यो - The Pride

Latest

BANNER 728X90

Tuesday, May 23, 2017

प्रधानमन्त्रीले राजिनामाको तयारी गर्दै गर्दा संसदमा यस्तो सोच्नै नसकिने घटना घट्यो

९ जेठ, काठमाडौं । नेकपा एमालेले संसद बैठकमा अवरोध गर्ने बताएपछि संसद बैठक अन्यौलमा परेको छ । एमालेले हिजो सरकारले स्थानीय तहको संख्या बढाउने गरी गरेको निर्णय फिर्ता लिनु पर्ने र फिर्ता नलिएसम्म संसद बैठक चल्न नदिने अडान राखेपछि संसद बैठक अझै शुरु हुन सकेको छैन ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो एक बजेका लागि सारिएको थियो भने, एक बजे पनि सूचना टाँसेर दिउँसो ३ बजेका लागि सारिएको थियो । अहिले डेढ घण्टा ढिला हुँदा पनि अझै बैठक शुरु हुन सकेको छैन ।

प्रचण्ड राजिनामा दिँदै, राजिनामा रोक्न संसदमा एमालेको यस्तो तयारी

सभामुखको पहलमा समस्या समाधानको प्रयास भइरहेको छ तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने संसद भवनबाट बाहिरिएका छन् । आजको बैठकमा विशेष सम्बोधन गरेर प्रधानमन्त्रीले राजिनामा दिने भनिएको थियो । संसद बैठक चल्न नसकेमा प्रधानमन्त्रीको राजिनामा आउने सम्भावना पनि कम देखिएको छ । 

No comments:

Post a Comment